नेपाली काँग्रेसले प्रधानमन्त्री ओलीकाे असंबैधानिक कदमका बिराेधमा माघ ३ गते देशभरका पालिकास्तरमा र्याली तथा बिराेधसभाकाे कार्यक्रम आयाेजना गरेकाे छ । प्रम ओलीले संसद विघटन गरेकाे बिराेधमा काँग्रेसले गर्ने दाेस्राे बिराेध कार्यक्रमअन्तर्गत नेपाली काँग्रेस बुढानिलकण्ठ कमिटिले र्यालीसहित बिराेधसभाकाे कार्यक्रम सार्वजनिक गरेकाे छ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ गाेल्फुटारस्थित बास्केटबल काेर्टमा माघ ३ गते बिराेधसभा आयाेजना गरिने नगर कमिटिले जानकारी गराएकाे छ । दिउँसाे १.३० बजे हुने बिराेधसभापूर्व हात्तिगाैँडाचाेकबाट बिराेध र्याली गरिने नगर सभापति गणेश काेइरालाले जानकारी दिएका छन् । र्याली तथा बिराेधसभामा केन्द्रिय नेता गगन थापासहित क्षेत्रीय सभापतिद्वय राजु श्रेष्ठ र रमेश खड्का सहभागि हुनेछन् भने बुढानिलकण्ठ नगरपालिकाका १३ वटै वडाका कृयाशील सदस्यहरू, तरुणदलका सदस्यहरू, अन्य भातृ संस्थाका सदस्यहरूलाइ अनिवार्य उपस्थितिका लागि पत्राचार, जानकारी गराइएकाे काेइरालाले बताए । सभापति काेइरालाले नगरवासीलाइ पनि ओली सरकारको असंबैधानिक कदम विरुद्ध हुने विरोध सभामा सहभागि हुन अनुराेध गरेका छन् ।