राजधानी काठमाडाैँभित्रकाे सिमसारसहित ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रकाेरूपमा परिचित कमलपोखरी नासिने अबस्थामा पुगेकाे छ । कमलपाेखरी पुनर्निर्माण गर्ने नाममा कृत्रिम संरचना तथा ढुंगा र क्रंक्रिटको प्रयोग हुन थालेपछि पाेखरीकाे निश्चित नास हुने अबस्था आएकाे छ । यसरी कमलपाेखरी नष्ट हुन लागेपछि  स्थानीयको जनगुनासो आएसँगै काठमाडाैँ क्षेत्र नं ४ का सांसद तथा नेका नेता गगन थापाले आपत्ति प्रकट गरेका छन् ।

कमलपोखरीको पुनर्निर्माणका नाममा भइरहेको अवस्थामा पोखरीको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वलाई मास्दै ढुंगा तथा सिमेन्टको प्रयोग गरिएको जनगुनासो आएसँगै सांसद गगन थापाले स्थलगत निरीक्षण गरी महानगरलाइ पत्रसहित आपत्ति जनाएका छन् । थापाले महानगरप्रमुखलाइ लेखेकाे पत्रमा निर्धारित समयभन्दा धेरै ढिला हुनेकाे साथै सिमसार स्वरूप नै नष्ट हुने गरी वास्तविक  पाेखरी साँघुराे बनाउने र  निर्माणमा कंक्रिटकाे प्रयाेगलाइ राेक्न आग्रह गरेका छन् ।

सांसद थापा तथा स्थानीयवासीकाे आपत्तिसँगै पत्तिसँगै काठमाडौं महानगरपालिकाले स्थानीयसँगको छलफलमै कमलपोखरीको संरचना बनाउने बताएकाे छ ।  र काठमाडौं महानगरपालिकाले स्थानियसँगको छलफलअनुरुपको पूर्वनिर्धारित डिजाइनले नै निर्माण कार्य अघि बढाइरहेको भन्दै कमलपोखरीको ऐतिहासिकतालाई जोगाउन महानगर गम्भीर भएको बताएको हो ।

कमलपोखरीमा पछिल्ला केही वर्षदेखि हरेक वर्ष छठ पर्वको दिन छठ पूजा गरिँदै आएको छ । छठ पूजा गर्न मण्डप निर्माण गर्ने स्थानीयसँगकै सहमतिअनुरुप निर्माण गर्दा पोखरीको चारैतर्फ घाट निर्माण गर्दा केही ढुंगा र सिमेन्ट प्रयोग गर्नुपरेको

खाली जमिन तथा पैदल हिँड्ने ठाउँमा सिमेन्ट प्रयोग नगरिएको उनको भनाइ छ । पोखरीमा आकाशेपानी जम्मा गरेर पठाइने उनले बताए । पानीलाई जमेर बस्न नदिनेगरी पोखरीमा पानी भित्रिने तथा बाहिरिने व्यवस्था पनि गरिने र पोखरीको पानीलाई गुणस्तरीय बनाउने प्रविधि पनि अपनाइने उपाध्यक्ष बस्नेतले बताए ।

ढुंगा, सिमेन्ट प्रयोगको विषय चिन्ताको विषय नभएको पनि उपाध्यक्ष बस्नेतले बताए । करिब सात करोडको लागतमा कमलपोखरी पुनर्निर्माण हुन लागेको जानकारी दिँदै उनले आगामी वैशाखसम्ममा सर्वसाधारणका लागि खुला गर्ने लक्ष्य राखिएको बताए ।