काठमाडौँ । स्थानीय स्तरको कृषि, पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्ने उद्देश्यले बूढानीलकण्ठ नगरपालिकामा   आयोजना गरिएको दोस्रो “चिसेनीमा खाना महोत्सव” सम्पन्न भएको छ ।

बूढानीलकण्ठ नगरपालिका वडा ५ चिसेनीमामा सम्पन्न महोत्सवमा स्थानीयवासी द्वारा उत्पादित विभिन्न कृषिजन्य सामग्रीलाई मुख्य प्राथमिकता दिँदै विभिन्न खाना तथा  खाधान्न सामग्री प्रदर्शनमा राखिएका थिए ।

महोत्सव करीब १० हजार दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ । महोत्सवको अवसरमा विभिन्न संस्कृति झल्किने झाँकी पनि प्रदर्शन गरिएको थियो ।

चिसीनी तामाङ महिला समुहले प्रत्येक वर्ष महोत्सव गर्दै आएको छ । महोत्सवमार्फत नगरमा लुकेर रहेका साहित्य, संगीत, कला, कौशल सीपको संरक्षण सम्वद्र्धन गर्ने, परम्परागत वेषभूषालाई उजागर गर्ने उद्देश्य राखिएको थियो ।

नगरमा रहेका ऐतिहासिक, पौराणिक, धार्मिक एवं पर्यटकीय क्षेत्रको प्रवद्र्धन र प्रचारप्रसार गरी बूढानीलकण्ठ नगरपालिकालाई पर्यटकीय गन्तव्य क्षेत्रका रुपमा विकास गरी समग्र आर्थिक सामाजिक विकासमा टेवा पु¥याउने विविध उद्देश्यका साथ महोत्सव गरिएकोवडा नम्बर ५ का जनप्रतिनिधि हेप्सिबा तामाङले बताइन ।

महोत्सव उपप्रधान मन्त्रि ईश्वोर पोखरेलले उद्घाटनगरेका थिए भने  महोत्सवमा  बागमती प्रदेस सभा सदस्य दिपक निरौला बूढानीलकण्ठ नगरपालि प्रमुख उद्धव प्रसाद खरेल उपप्रमुख रामदेवी राई लगायत जनप्रतिनिधिहरु पनि उपस्थित थिए ।