• केशव पाठक

कुनै बेला नेपाली काँग्रेसलाइ फुटाएर अर्कै पार्टी बनाएका शेरबहादुर देउवा अहिले नेपाली काँग्रेसका सभापति छन् । उमेरले ७० काटिसकेका देउवा नेपाली राजनीतिमा परिचित नाम भए पनि “वाह !” भन्ने खालका कुनै पनि प्रशङ्गले उनलाइ छुँदैन । पार्टी फुटाउने, सांसद किनबेच, राजालाइ पार्टी सुम्पन्नेदेखि अनेकानेक नराम्रा प्रशङ्गले देउवालाइ छुन्छ । नकारात्मक पक्षकाे चुलीमा बसेका देउवा नेपाली काँग्रेस पार्टीभित्र भने अझै पनि शक्तिशाली नेता हुन् । पार्टीभित्र शक्तिशाली रहेका देउवाकाे रूप तथा सार दुवै नेपाली जनताका पाच्य छैन । गत  चुनावहरूमा काँग्रेस कमजाेर हुनमा देउवाकाे कृत्य तथा चरित्र नै प्रमुख कुरा रहेकाे थियाे ।

पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व नेपाली काँग्रेसकाे दीर्घकालिन भविष्यका लागि पिलाे बनिरहेकाे छ ।  काँग्रेस तथा यस पार्टीका नेताहरु देउवाकाे नेतृत्वमा पूर्णत लडखडाएकाे देखिन्छ। । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा हत्या गर्ने निर्णय र त्यसलाई रबर स्ट्याम्पका हैसियतमा सदर गर्ने राष्ट्रपतिको कदमविरुद्ध नेपाली काँग्रेसको ढुलमुले अबस्था सभापति देउवाकाे मनाेविज्ञान र चरित्रकाे उपज हाे ।

प्रधानमन्त्री ओलीको सनक तथा हठमा मुलुकको स्थायित्वमाथि कुठाराघात भैरहेकाे बेला देउवा ओलीकाे मतियार बनिरहेकाे उनका यावत् कृयाकलापले देखाउँछ । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवादमा समग्र मुलुकलाई मुछेर ओलीले आफ्नै समृद्धिको नारा कुल्चिएका बेला देउवाले आफ्नाे पार्टीकाे न्यूनतम मान्यताभन्दा पर पदलाेलुपता र सत्ताकाे माेहमा फसेका छन् । देउवाका अहमता र सत्ता माेहले भरिएकाे ओलीपक्षीय अडान नेपाली काँग्रेसका लागि भने निरीह र लाचार प्रतीत भएकाे ।

नेकपारूपी झुटकाे पुलिन्दा स्वार्थले जुटेको गठबन्धनको थियाे जुन गाँठो कुनै बेला फुस्किनु नै थियो। तर ओलीकाे सनकमा देउवामार्फत नेपाली काँग्रेस निर्णयहीन भएर मझधारमा उभिएको छ । धेरैले ओलीमार्फत भएकाे अराजनीतिक कदमलाई काँग्रेसले अदालतको व्याख्या कुर्ने भन्नु आफैँमा विचारहीनता हाे भनिरहेका छन् । करिब विभाजन भएर हिँडेको नेकपामा जुन स्वार्थ केन्द्रित चरित्र छ, यतिखेर नेपाली काँग्रेसभित्र पनि तिनै तत्वहरु प्रभावी बन्दै गइरहेका छन् । कथम् प्रधानमन्त्री ओलीका आगामी दिनका कदममा प्रमुख प्रतिक्षी दलका नेता देउवाको सानिध्यता रह्याे भने देशमा झनै संकट उत्पन्न हुन सक्नेछ । ओली सत्ताको दासका रुपमा काँग्रेसले आफ्नो पहिचान बनाउने छ ।

देशका ओलीपक्षबाहेक हरेक तहतप्का आन्दाेलित हुँदै गएकाे बेला काँग्रेस जबर्जस्तरूपमा सरकारको कदमको विरोधमा उत्रिनुको विकल्प थिएन। तर, दुर्भाग्य काँग्रेस तथा सभापति देउवा सत्ता र्यालमा रुमलिइरहेको छ। ओलीको कदमलाई प्रतिगामी भन्दै भाषण गर्ने काँग्रेसी नेताका अभिव्यक्तिमा चुनावी अभियानमा जुट्ने संदेश जोडिएकाे कताकता आभाष आइरहेकाे थियाे ।  संविधानको अपव्याख्याको विरुद्धमा काँग्रेसी आन्दोलन केन्द्रित गर्नुको साटो चुनावमा भाग लिने तथा चुनावी टिकटकाे रणनीतिमा अल्झिएकाे झैँ देखिन्छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा यतिखेर ओली कदममार्फत पार्टीभित्रकाे सत्ता लम्ब्याउने खेलमा छन् । चुनावी कुराले कार्यकाल लम्ब्याएर अधिवेशनको भेलमा जानुनपर्ने कुराले देउवा मस्तीमा देखिएका छन् । पार्टी व्यवस्थापनमा चरम उदासिन देखिएका देउवा पदाधीकारी नियुक्ति र पार्टी भातृ संगठनहरुको अधिवेशनमा समेत उनको ध्यान पुर्याएकाे देखिदैन । छुट्टै कुरा हाे उनकाे व्यवस्थापकीय असक्षमतामा उनलाइ चुनाैति दिने काँग्रसभित्र काेही पनि देखिएन ।  कार्यकाल पूरा भएर थपिएको समयमा महाधिवेशनको मिति तय हुँदामात्रै पदाधिकारी थप्ने उनको शैलीलाई रामचन्द्र पाैडेलसहितकाे विपक्षी काँग्रेसीले प्रतिवाद गर्न सकेनन्।

देउवा नेतृत्वमा काँग्रेसले आफूलाई पछिल्ला करिब आधादशकमा जनतामा पुर्‍याउन सकेन । तीनवटा निर्वाचनमा लज्जास्पद हारपछि पनि काँग्रेसले संगठन विस्तारका कुनै गतिविधि नै हाँक्न सक्यो । मिजासहिन शेरबहादुर देउवाकाे पार्टी कार्यकाल रिसाएरै बित्याे भने राजनीतिक कार्यकाल ओलीमय भएर । महाधिवेशनले झक्झकाएपछि उनी व्युँझिएझैँ लाग्दैन । शारिरीकरूपमै पनि असक्षम झैँ भैसकेका देउवा आजन्म सभापति र प्रधानमन्त्रीकाे उम्मेदवार बन्ने फेराेमा देखिन्छन् । फेरि सभापति बन्ने उनको रहरमा उपसभापति रहेका विमलेन्द्र निधिको आकांक्षाले पनि भत्किएकाे छैन ।

यतिखेर देउवाप्रभावित नेपाली काँग्रेस ओलीको कदमको विरोधभन्दा चुनावमा जान पाए नेकपा फुटेको फाइदा लिने लोभमा र्‍याल काडिरहेकाे देखिन्छ । फेरी एकपटक प्रधानमन्त्री बन्न चाहन्छन् देउवा । देउवासँग प्रधानमन्त्री बन्ने भाेक छ त्याे यसरी उसरी जसरी प्राप्त भए पनि उनलाइ मान्य हुनेछ । हाल काँग्रेस गरिरहेकाे केही विराेधजन्य कार्यक्रममा पनि काँग्रेसी नेताहरुको अभिव्यक्ति अलिकति पनि जनता तताउने खालको थिएन । ओलीकाे अहंकार र सनकमा उत्पन्न समस्यामा  जनतामा जान नसक्ने र अरुको फुटमा जितको च्याँखे थाप्ने शैलीले काँग्रेस  कदापी स्थापित हुन सक्दैन। यतिखेर  जनताका पक्षमा उत्रिनु र असंवैधानिक कदमको कडा प्रतिवादमा लाग्नुबाहेक काँग्रेसले आफ्नो अस्तित्व रक्षाका लागि लिने रणनीति दीर्घकालीन राजनीतिका लागि फाइदाजनक हुनेछैन। जनता कदाचित् चुनावका लागि आतुर छैनन् । चुनावप्रति जनताकाे उदाशिन छन् भनेरसमेत बुझ्न काँग्रेस र देउवा चाहेको छैन । याे विषयलाइ ध्यान नदिएर सत्ताकाे माेहमा ओलीकाे अप्रत्यक्ष साथ दिइरहँदा काँग्रेसमात्र कमजाेर हुँदैन सिङ्गाे देश नै कमजाेर हुनेछ ।