प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बिहीबार देशभरका वडाहरुमा विरोध शक्ति प्रदर्शन गरेकाे छ । प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले एकैसाथ देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन गरेकाे  हो । कांग्रेस सभापति शेरबहादुर देउवाले अब वडा स्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर सफल बनाउन पार्टीका सबै कार्यकर्ता र लोकतन्त्रवादीहरुलाई अपील गरे अनुसार कहिँ धेरै कहिँ थाेरै उपस्थितिमा देशभर बिराेध प्रदर्शन गरिएकाे हाे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य गरेको भन्दै ओलीकाे सर्वसत्तावादी का्यकेा बिराेध गरिएकाे हाे।  काँग्रेसले यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।  बिहीबार प्रदर्शन गरेपछि कांग्रेसको संघीयदेखि स्थानीय तहसम्मको सबै क्षेत्र समेटिएकाे छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ चलिरहँदा प्रमुख प्रतिपक्ष दल कांग्रेसले सबै क्षेत्रमा आफ्नो सन्देश पुर्याएकाे छ ।