माघ १४ गते वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्ने

काठमाडौं – पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा राजनीतिक रूपमा विभाजित बनेको छ। नेकपाको दाहाल-नेपाल पक्ष एकातर्फ र प्रधानमन्त्री केपी शर्मा ओली अर्कातर्फ छन्।

नेकपाका नेता कार्यकर्ता औपचारिकरूपमा नै विभाजनाेन्मुख भइसकेका छन्। यद्यपि नेकपा विभाजनको औपचारिकता कानुनीरूपमा प्राप्त भइसकेको छैन।

नेता कार्यकर्ता छुट्टाछुट्टै पक्षको नेतृत्व गरिरहेका छन्। तर, नेकपाका उपाध्यक्ष रहेका वामदेव गौतम भने कुनै समूहमा लागेका छैनन्।

उनी नेकपालाई एकता गर्ने भन्दै छुट्टै अभियान अघि बढाउने तयारीमा जुटेका छन्। यसैक्रममा  माघ १४ गते सिद्धार्थ कटेज पार्टी प्यालेस , ललितपुर धाेबिघाटमा विहान  ११ बजे  वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दैछन्।

वामदेवका निकट सहयोगी हरिपरजुलीले ललितपुरको धोबिघाटस्थित एक पार्टी प्यालेसमा बुधबार औपचारिक कार्यक्रम गरेर एकता अभियानको घोषणा हुन लागेको जानकारी दिएका छन्।