साविक कपन गाविस अहिले बुढानिलकण्ठ नगरपालिकाकाे एक अंग भैसकेकाे छ । कपन गाविसछँदै कपनकाे पहिचानका लागि “कपनगीत” तयार गरिएकाे थियाे । याे गीत तयार भएकाे केही समयमै कपनले स्थानीय निकायकाे चिनारीबाट विदा लियाे । कपन बुढानिलकण्ठ नगरपालिकाकाे तीनवटा वडामा सिमित भएपछि कपनगीत पनि ओझेलमा पर्याे । नत्र केही समय कपनमा सार्वजनिक कार्यक्रम हुँदा कपनगीत बजाएर शुरू गर्ने चलन नै चलिसकेकाे थियाे ।

कपनगीत बज्न छाडेकाे आधा दशकपछि यस गीतका सर्जक विसुकुमार केसीले यसलाइ ब्यूँताउने प्रयास गरेका छन् ।अहिले कपनगीतलाइ युट्युवमा राखिएकाे छ । नेपालमा कपिराइटकाे क्षेत्रमा उल्लेखनीय काम गरेर नाम कमाएका सर्जक विसुकुमार केसीले लेखेकाे कपनगीतलाइ उनकै पहलमा युट्युवमा राखिएकाे हाे । कपनकै १० वर्ष अघि खिचिएका दृष्यलाइ समेटेर बनाइएकाे भिडियाेसहित कपनगीत बिसुकुमार केसी नामकाे युट्युव एकाउन्टमा गएर हेर्न तथा सुन्न सकिन्छ । केसीद्वारा रचित कपनगीत सुपरिचित संगीतकार विनय वर्माकाे कम्पाेजिसनमा गायक शशिविक्रम थापा र गायिका सुजाता वर्माकाे आवाजमा सजिएकाे छ ।

कपनगीत हेराैँ/सुनाैँ –