काठमाडौँ । सिद्घार्थ बैंक लिमिटेडको  माघ १६ गते बसेको संचालक समितिको ३ सय ६२ औं बैठकबाट  मनोज कुमार केडिया बैंकको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको छ   ।

केडियाले  २०७७ माघ १८ गते  बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम नेपाल राष्ट्र बैंकका गभर्नर  महा प्रसाद अधिकारी समक्ष गभर्नरको कार्यालयमा बैंकको संचालक समितिको अध्यक्षको पद तथा गोपनीयताको सपथ लिनुएका हुन्  । उनले   यस अघि पनि मिति २०७३ फागुन ०५ देखि २०७७ माघ १६ सम्म बैंकको संचालक समितिको अध्यक्ष रहँदै आएका थिए  ।

उनि   केडिया अर्गनाइजेशन, केडिया इन्टरनेशनल प्रा.लि., वृज सिमेन्ट इन्डष्ट्रिज प्रा.लि., अर्घाखाँची सिमेन्ट प्रा.लि., श्री स्टिलस् प्रा.लि., एशियन कनक्रेटो प्रा.लि., वृज ग्लास इन्डष्ट्रिज प्रा.लि., केडिया इन्भेष्टमेन्ट कर्पोरेशन प्रा.लि. लगायतका कम्पनीहरुमा अध्यक्ष÷प्रबन्ध संचालकको रुपमा सक्रिय रही उद्योग, व्यापार एवं व्यवसायको क्षेत्रमा ३० वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन  ।