• केशव पाठक

    नेपालमा एकखाले मानिसले करिब आधा दशकदेखि केपि ओलीलाइ राजनेता भन्ने गरेका छन् ।  राजनेताका बारेमा अठाराैँ शताब्दीतिरका एक प्रशिद्ध अमेरिकन लेखक जेम्स फ्रिम्यान क्लार्ककाे  एक प्रशिद्ध एवम् कालजयी भनाइ प्रशिद्ध छ, A politician thinks of the next election. A statesman, of the next generation. अर्थात् ‘राजनीतिज्ञले अर्को चुनावबारे सोच्छ, राजनेताले अर्को पुस्ताबारे।’ हामीले जसलाइ वा जाे जाेलाइ राजनेता भन्ने गर्छाैँ सम्भवतः याे दासकारितामात्र हाे । हाम्रा नेताहरूले मात्र अर्काे चुनाव र त्याे चुनावमा कसरी जित्नेबारेमा मात्र साेच्छन् । उनीहरूले अर्काे पुस्ताका बारे साेच्दै साेच्दैनन् । उदाहरण प्रशस्त छ, केपि ओली ।

    सम्भवतः वर्तमान ओली सरकार ०७ सालपछिकाे नेपालमा सबैभन्दा शक्तिशालीझैँ लाग्ने सरकार थियाे । एउटा बलियो परिस्थितिमा सरकारको नेतृत्वमा केपी ओली आएका थिए । यसरी सत्ता प्राप्तिमा जनआकांक्षाका केही पत्रहरूकासाथ ओली आफैले सिर्जना गरेकाे केही भ्रमका पाेकाहरूकाे पनि महत्वपूर्ण भूमिका थियाे । नाकाबन्दिका बेलामा भारतबिराेधी कुरा गरेर आर्जन गरेकाे राष्ट्रवादी छविले ओलीकाे उचाइ हलक्क बढेकाे थियाे । त्यसाे त पञ्चायत फाल्ने  सपनामा झन्डै १३ वर्ष जेल बसेकाे भनेर ओलीले आफूलाइ नेपाली वामपन्थी आन्दोलनका प्रखर नेता भन्ने पनि गरेका छन् । यसरी पञ्चायतकालमा जेल बस्नेहरुकाे सूचिमा ओली उपल्लाे नम्बरमा भने पर्दैनन् । उनीभन्दा धेरै समय जेल परेका र दुःख भाेगेकाे नेताहरूकाे लिस्ट लामै छ

    भारतले नेपालमाथि लगाएको अन्यायपूर्ण नाकाबन्दीको प्रतिरोधमा प्रधानमन्त्रीका हैसियतले ओलीले देखाएकाे एक खाले आँट तत्कालिन अबस्थामा निकै नै जनमनमा बस्ने खालकाे थियाे । एन्टि इन्डियन सेन्टिमेन्ट भएकाे नेपाली समाजमा भारतबिराेधी कुरै मात्र पनि चुनाव जित्न पर्याप्त थियाे । नाकाबन्दिमा ओलीले चतुर्याँइपूर्णरूपले लिएकाे दृढताले उनलाइ प्रचण्ड, देउवा वा माधव नेपालसहित समकालिन नेपाली राजनीतिका अन्य पात्रभन्दा  उँचो बनायो।

    साेही ताका ओलील चीनसँग आफ्ना सम्बन्धलाइ विस्तार गरेकाे बताए । चीनसँग् नेपाली मन यत्तिकै नजिक मानिन्छ । ओलीले उत्तरी छिमेकी चीनसँग पहुँच बढाउने दुरगामी सहमति गरेकाे बताए । यसले नेपाललाइ दुरगामी असर केही हुने अझै नदेखिए पनि भारतलाइ एकखाले दवाव भने सिर्जना गरेकाे देखिन्छ । फलतः भारतबिराेधी जनमानस ओलीप्रति आसातित भए ।

    प्रधानमन्त्रीका हैसियतमा दुइकार्यकाल गरी करिब ४ वर्ष राजकाज चलाइरहेका ओलीले यी समय कामभन्दा कुरा र अरूलाइ गाली गर्न नै  व्यतित गरे । दुरगामी असर तथा देशविकासका खाकामा उनले गरेकाे याेगदान चर्चायाेग्य देखिएकाे छैन । आफूलाइ फाइदा हुने वा वाहवाही पाउने हरेक कुरा उनी मनगढन्तेरूपमा बेपरवाह बाेल्न माहिर छन् । सपनाका नाममा उनले बाेलेका एक दर्जन विषय यतिखेर रद्दिकाे टाेकरीमा छन् । उनका सपनका कुरा फेरिँदै गए त उनी नयाँ नयाँ सपनाका कुरा भनिरहेर सत्तामा टिक्ने र चुनाव जित्ने काइदामा नै व्यस्त रहे ।

    सत्ता लाेलुपता र सत्ता विलासितामा नयाँ युगका नायकझैँ भएका केपि ओली लाग्छ सत्तामै इहलिला समाप्त पार्न चाहन्छन् । उनी केही यस्तै सत्तालाेलुपहरूकाे लाेभीपापी ग्याङ्गसँग रमाएका देखिन्छन् । पाँचवर्षका लागि दुइ तिहाइ पाएर सत्ता चलाएका ओलीले केहि काम गरेननन् भन्ने कुरा एकातिर छ अर्काेतिर उनी निकटका उरन्ठ्याउलाहरूकाे ज्यादति, भ्रष्टाचार एवम् उदण्डताले सीमा नाघिरहेकाे छ । गाेकुल बास्काेटाप्रबृत्तिका नायक बनेर ओलीले देश, संबिधान र सिस्टमलाइ नै धावा बाेलेका छन् । ओलीले आफू अपुताे हुनुकाे सेन्टिमेन्टमा महेश बस्नेतरूपका कयाैँ हुँडाररूपी धर्मपुत्रलाइ पाेसिरहेका छन् ।

    नेपाली राजनीतिकाे इतिहासमै सर्बाधिक ओलाेचित भएका ओली आफ्नै स्वभाव र शैलीका बास्काेटा, थापाजस्ता पात्रहरूद्वारा सिर्जाइएकाे कृतिम तालीकाे गडगडाहटमा नाङ्गै सडकमा छन् । उनकाे नाङ्गाेपनमा बास्काेटा तथा थापा प्रवृतिका लाेभिपापीहरूले महाराज कति सुन्दर देखिनु भएकाे भनेर ओलीलाइ उचालिरहेकाे छन् । त्यही नाङ्गाेपनमा आफू साँच्चै राम्राे देखिएकाे छु भनेर ओली उफ्रि उफ्रि नाचिरहेका छन् । देशभर ओलीकाे नाङ्गाेनाच प्रदर्शन भैरहेकाे छ । बास्काेटा अनि थापाहरू गडगडाहट ताली बजाइरहेका छन् । ओलीले संसद विघटनकाे नाममा संबिधान नै विघटन गर्ने दुष्प्रयास गरेका छन् ।

    कसैले भनेकाे थिए ‘जुद्धशमशेर जबराभन्दा यताकै सबभन्दा अनुकूल समय’ प्रधानमन्त्रीका रूपमा ओलीले पाएका थिए तर उनी आफ्ना अनुकुल समय प्रचण्ड र माधव नेपाललाइ गाली गरेर व्यतित गरिरहेका छन् । यतिमात्र नभै ओलीमा सत्तान्ध यति बढेर गएकाे छ जे पनि जसाे पनि गर्न तयार छन् । इश्वर भन्ने कुनै चिज छै यदि काेही इश्वर हाे भने कार्लमाक्स हाे भनेकाे दुइवर्ष पुगेकाे छैन सत्तालिप्साका लागि केही दिनअघि ओलीले पशुपतिमा विशेष पूजा गरेर भाकल गरेका छन् । यतिमात्र नभै उनी सत्ताकाे सुनिश्चितताका लागि धर्म र राजाका कार्डसमेत फाल्न तयार भएर बसेका छन् ।

    सर्वाङ्ग नाङ्गिएर आँखामा कालाेचस्मा भिरेका केपि ओली यतिखेर बास्काेटा तथा थापाजमातसहित सडकमा नङ्नता प्रदर्शन गरिरहेका छन् । ओलीकाे याे नग्ननाच र धुपैरेहरूकाे तालीले देशलाइ रसातलतिर पुर्याइरहेकाे छ । यसलाइ राेक्न सबै नागरीक अब सडकमा पुग्न जरूरी बन्दै गएकाे छ ।  फ्रिम्यानले भनेजस्ताे अर्काे पुस्ताकाे बारे साेच्ने राजनेताका बारेमा अब सडकमै बहस हुनुपर्ने दिन आएकाे छ । चुनावमुखी नेताहरूलाइ राजनेता भनेर हामीले ७ दशक बिताइसक्याैँ । अब अति भाे !