• केशव पाठक/विचार-दृष्टिकाेण

वर्तमानमा नेपाल देशकाे राष्ट्रपति रहेकी विद्यादेवी भण्डारी यतिखेर सर्वाधिक विवाद तथा आलाेचनाकाे केन्द्रमा रहेकी छिन् । प्रधानमन्त्री केपी ओलीकाे रबर स्ट्याम्प बनेर उनले गरेका कतिपय कामकर्तव्यका कारण राष्ट्रपतिजस्ताे गरिमामय पदमा रहेकी भण्डारीले आफ्नाे जिम्मेवारी र दायित्वभन्दा ओलीमाेहमा बशिभूत भएकाे आराेप लाग्ने गरेकाे छ । याे आराेप अब जनसामन्यमासमेत सत्य हाे जस्ताे अनुभूति भैरहेकाे देखिन्छ ।

तत्कालिन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीकी विधवाका रूपमा विद्यादेवी भण्डारीकाे सत्ताराेहणका यावत् कथा एवम् वृतान्तहरूलाइ यतिखेर केपी ओलीकाे निगाह वा प्रभावमा भएकाे भनेर आराेप लाग्ने गरेकाे छ । यी हल्लाकाबीच पछिल्ला समयमा नेपालमा विकसित राजनीतिक अबस्थामा राष्ट्रपतिकाे भूमिकाबारे राष्ट्रपति भण्डारीलाइ झनै आलाेचनायाेग्य बनाएकाे छ ।

एकल महिलाका रूपमा रहेकी राष्ट्रपति भण्डारीबिरूद्ध यतिखेर सडकमा नारा लाग्न थालेका छन् । सडकका नारामा राष्ट्रपतिबिरूद्ध नैतिक प्रश्नसमेत उठेका छन् । हाल नारा लागे पनि याेखाले नैतिक प्रश्न उठ्न थालेकाे धेरै पहिलादेखि हाे । मदन भण्डारी तथा जीवराज आश्रितकाे हत्यापछि बनेकाे छानबिन आयाेगकाे एक सदस्यीय समितिकाे अध्यक्षमा केपि बनेपछि नै गाइँगुइँ चलेकाे यी प्रश्नहरु श्रीमती भण्डारीकाे सत्ताराेहणका यावत् श्रृङ्खलासँगै झनै बाक्लिँदै गएकाे थियाे ।

तत्कालित नेकपा एमाले अध्यक्ष केपि ओलीले आफू प्रधानमन्त्री एवम् राष्ट्रपतिमा विद्या भण्डारीलाइ यथावत् गर्न माओवादी केन्द्रसँग गरेकाे कथित एकता र त्याे एकता हालै भङ्ग भएसँगै छरप्रष्टिएका सन्दर्भले ओली भण्डारीबीचकाे आत्मियता झन् प्रश्नवाचक बनेकाे हाे ।

गत एकवर्षमा प्रम ओलीकी कारिन्दा जस्ताे बनेर यावत् ओलीका कृत्यमा आँखा चिम्लिएर साथ दिएकी राष्ट्रपति भण्डारी आफ्ना बिभिन्न रासजी सानसाैकतपूर्ण रवैयाका कारण पनि चरम विवादित भइरहिन् । पार्टी उपाध्यक्ष तथा हरूवा सांसद उम्मेदवारबाट पार्टीकाे उपाध्यक्ष र सिधै राष्ट्रपति बनाइएकी विद्या भण्डारीप्रति मानिसमा सम्मान बन्ननै पाएन । उनलाइ राष्ट्रपतिभन्दा राजनीतिकर्मीकै रूपमा मानिसकाे आँखाले हेरिरह्याे ।  उनले बेलाबेला शितलनिवासबाट गर्ने पार्टीगत निकृष्ट राजनीतिले उनी राष्ट्रपतिभन्दा कमरेड बिद्या नै बनिरहिन् । यतिसम्मकी उनकाे निवाससमेत रहेकाे काठमाडाैँ क्षेत्र नं ४ भित्र गत स्थानीय चुनावमा वडा सदस्य पदका उम्मेदवार कसलाइ उठाउने वा नउठाउनेबारेसमेत शितल निवासबाट राष्ट्रपतिले हस्तक्षेप गरेकाे एमालेका कार्यकर्ता बताउने गर्थे ।

गत पुष ५ गते प्रधानमन्त्री केपी ओलीले आफूले सत्ता छाड्नुभन्दा संसद नै विघटन गर्छु भन्ने लहड चलाएपछि राष्ट्रपतिकी रूपमा रहेकाे भण्डारीले फेरि एकपटक ओलीका पक्षमा हातमा हात साथमा साथ दिएकी छिन् । ओली कदमलाइ निर्लज्ज साथ दिएकाे भनेर यतिखेर राष्ट्रपति भण्डारीकाे व्यापक आलाेचना भैरहेकाे छ । आलाेचनाकाे स्वरूप हेर्दा विश्व इतिहासमै यति आलाेचित सेराेमेनियल राष्ट्रपति अरू काेही छैन । आलाेचनाकाे शिखरमा बसेर पनि राष्ट्रपति भण्डारीले ओलीकाे साथलाइ झनै कसिलाे बनाएँझैँ लाग्छ । अहिले बिभिन्न नेताहरूले नै राष्ट्रपतिबिरूद्ध अपव्यख्या हुने खालकाे टिप्पणी गर्ने अबस्था आउँदा पनि नेपाल देशकी राष्ट्रपति श्रीमती भण्डारीमा आफ्नाे दायित्व जिम्मेवारीभन्दा उही ओलीमाेह नै बढि देखिन्छ ।

यही साता महिला नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपतिबारे बाेल्ने क्रममा केहि तिताे यथार्थ पाेखिन् । गगन थापापछि राष्ट्रपतिका बारेमा आक्रमक भएकी झाँक्रीले राष्ट्रपतिलाइ चुनावी मैदानमा आउन पनि ललकारिन् । प्रजातन्त्रमा बिराेध हुनु अस्वभाविक हैन । तर राष्ट्रपतिमाथि “बालकाेटतिरै गए हुन्छ” भन्ने टिप्पणी गर्ने भन्दा पनि टिप्पणी गर्न पर्ने अबस्था कसरी आयाे भन्ने कुरा गम्भीर विषय हाे ।

पहिलाे कुरा त राष्ट्रपति राजा हैन, गाली गर्नै नहुने । राष्ट्रपतिका गलत कदम र कर्म छन् भने त्याे पनि सडकमा उठ्नै पर्छ । राष्ट्रपतिलाइ गाली बिराेध गनै गर्न नहुने, गर्याे भने कानुन लाग्ने भन्ने खालकाे अभिव्यक्ति अहिले ओलीपक्षीय नेकपाका नेता कार्यकर्ताले भन्ने गरेका छन् । यसाे भन्नु  आफैमा निरंकुशता हाे ।

हाे, श्रीमती भण्डारीका रूपमा राष्ट्रपतिमाथि लगाउने गरिएका नैतिक कुतर्क आफैमा विस्मयकारी छन् । याे हुनु हुन्न । यसका लागि गाली गर्ने वा कुतर्क गर्नेभन्दा स्वयम् राष्ट्रपति भण्डारी सजग हुनुपर्ने देखिन्छ । आफूमाथि लागेका वा लाग्ने गरेकाे यावत् आराेपलाइ आफैले सच्याउन पर्नेमा राष्ट्रपतिबाट त्यसाे हुन सकेकाे देखिदैन । नेतृ झाँक्रीकाे अभिव्यक्तिपछि राष्ट्रपतिकी छाेरीलाइ सामाजिक सन्जालमा राष्ट्रपतिकाे पृष्ठपाेषण गर्न बाेलाउन पर्ने अबस्था स्वयम् राष्ट्रपतिबाट निर्मित भएकाे हाे ।

राष्ट्रपति भण्डारीमाथि किन आराेप लागिरहेकाे छ ? याे उनले जबसम्म मनन गर्दिनन् तबसम्म नारा गाली राेकिनेवाला देखिदैन । राष्ट्रपतिबिरूद्ध नारा जुलुस गर्नेलाइ जेल हाल्ने, हात हाल्ने, दुख दिने यावत् कृयाकलाप वा धम्की दिनुभन्दा स्वयम् राष्ट्रपतिले आफूलाइ सच्याएर आफूलाइ सर्वप्रिय राष्ट्रपति बन्ने बाटाेमा हिँड्नुपर्छ ।