काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने उद्देश्यले अनलाईन मार्फत डेबिट कार्ड बनाउनका लागि आवेदन दिन सकिने व्यवस्था ल्याएको छ ।

अब नयाँ डेबिट कार्ड लिनु परेमा, नविकरण गर्नु परेमा वा हराएकोरबिग्रिएको कार्डको सट्टामा नयाँ बनाउन परेमा ग्राहकहरुले भौतिक रुपमा बैंकसम्म उपस्थित नभई घरैबाट डेबिट कार्डका लागि आवेदन दिन सक्ने बताइएको छ ।

यसका लागि ग्राहकहरुले बैंकको वेबसाइटमा गई (Banking service > Apply Online > Debit Card Application) वा
https://onlinedebitcard.siddharthabank.com//” मा गई आवश्यक विवरण भरी सहज रुपमा अनलाईन मार्फत आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार कार्ड तयार भईसके पश्चात बैंकले ग्राहकहरुलाई कार्ड संकलन गर्न एसएमएस मार्फत अनुरोध गर्नेछ । ग्राहकहरुले आवेदन दिँदा कार्ड संकलन गर्न छनोट गरिएको शाखाबाट डेबिट कार्ड संकलन गर्न सकिनेछ ।

बैंकले ल्याएको यस अनलाईन सुविधा मार्फत डेबिट कार्ड आवेदन दिन सकिने व्यवस्थाले ग्राहकहरु बैंकमा पुगेर लामो समयसम्म लाइनमा बस्नु नपर्ने र समयको बचत हुनुका साथै ग्राहकहरुलाई थप सुविधा पुग्ने विश्वास बैंकले लिएको बैंकले जनाएको छ । यस व्यवस्थाले बैंकिङ्ग प्रणाली अझ बढि प्रभावकारी र ग्राहकमैत्री बन्ने बैंकले जनाएको छ ।