प्रचण्ड–नेपाल पक्षले गरेको आम हडताल तस्वीरमा

काठमाडौं – प्रचण्ड–नेपाल पक्षको नेकपाले गरेको आम हडतालका काठमाडौंको जनजीवन प्रभावित बनेको छ । काठमाडौंमा बिहानीपख छिटफुट मात्रामा सवारी साधन चले पनि कार्यालय समयपछि भने आम हडतालको प्रभाव परेको थियो ।

प्रचण्ड–नेपाल पक्ष नेकपाले गरेको आम हडतालमा रत्नपार्क आकाशे पुलमुनि सडक छेकेर नारावाजी गर्दै कार्यकर्ताहरु

बुधवार संवैधानिक निकायमा ओली समूहले एकलौटी रुपमा नियुक्त गरेको भन्दै प्रचण्ड–नेपाल समूहको नेकपाले आजका लागि आम हडतालको आह्वान गरेको थियो ।

राजधानीका व्यस्त सडकमा अत्यावश्यक बाहेकका सवारी साधनहरु चलेका छैनन् । प्रदर्शनकारीले बिहानै गोंगबुमा एक ट्याक्सीमा आगजनी गरेका छन् ।

त्नपार्क आकाशे पुलमुनि सडक छेकेर नारावाजी गर्दै कार्यकर्ताह

प्रदर्शनकारीले सडकका चोकचोकमा बसेर आम हडतालको आह्वान गरेका छन् । आम हडताल गरेका छन् ।

काठमाडौंको चाबहिल, रत्नपार्क, पुल्चोक लगायतका स्थानमा प्रदर्शनकारीले सडक छेकेर सवारी साधन चल्न दिएका छैनन् ।

चाबहिल चोक कब्जा गर्दै प्रदर्शनकरीहरु

प्रदर्शनकारीले परीक्षा दिने विद्यार्थी, बिरामी र अत्यावश्यक काममा हिँडेका सर्वसाधारणलाई भने जान दिएको बताएका छन् ।

आम हड्तालका कारण सुनसान गौशाला चोक

काठमाडौंमा सार्वजनिक सवारी साधन फाटफुट चलेका छन् भने मोटरसाइकल तथा स्कूटर भने चलेका छन् । तस्वीरमा हेर्नुहोस् आम हडतालमा देखिएको काठमाडौंः

सुनसान बनेको जमल चोक
सडकमै खाना खाने तयारी गर्दै प्रदर्शनकरीहरु