काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल–नेपाल पक्षले मांशाहारी आन्दोलनका नाममा नरभक्षी आन्दोलन गर्न खोजेको आरोप लगाएका छन्।

नेकपा ओली समूहले राजधानीको दरबार मार्गमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयअघि अब शाकाहारी आन्दोलनले नहुने भन्दै दिएको अभिव्यक्तिलाई लक्षित गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्।

नेपाल बन्दको नाममा बिहीबार एउटा गरिब ट्याक्सी चालकलाई जिउँदै जलाउन खोजेको उनको आरोप छ।

नेपालमा आजको जस्तो ठूलो सभा इतिहासमा कहिल्यै नभएको भन्दै यो सभाबाट कुन पार्टी मूल पार्टी हो भन्ने टुंगो लागेको उनको दावी छ। सभामा मानिसहरु धेरै हुँदा ठाउँ नपुगेको उनको भनाइ छ।