बाबुआमाबीच झगडा भैरहेकाे बेला छुट्याउन गएकी छाेरीलाइ बाबुले गाेली हानी हत्या गरेका छन् ।  बैतडीकाे पुर्चौंडी नगरपालिका-१० का ६५ वर्षीय धनबहादुर महराले आफ्नी २० वर्षीया छोरी बेलमती महरा धामीलाई भरुवा बन्दुकले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ।

शनिबार बेलुकी ५ बजेतिर घटना भएको घटनामा स्थानीयलाई उद्धृत गर्दै प्रहरीले श्रीमान–श्रीमतीको झगडामा छोरीले छुट्याउन खोज्दा विवाद भएपछि बुवाले गोली हानेको बताएकाे छ