काठमाडौँ । नेपाली फिल्मका छायांकार जनकराज अधिकारीले आत्महत्या गरेका छन्। उनले आफ्नै कार्यालयमा आत्महत्या गरेको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जनाएका छन्।

‘छायांकार जनकराज अधिकारीले आफ्नै अफिसमा झुन्डिएर आत्महत्या गरेको समाचारले हामीलाई स्तब्ध बनाएको छ । छायाँकार अधिकारीको आत्मालाई शान्ति मिलोस्, भावपूर्ण श्रद्धाञ्जली,’ उनले फेसबुकमा लेखेका छन्।

उनको आत्महत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अधिकारीले चलचित्रका साथै विभिन्न म्युजिक भिडियोहरु खिचेका छन्।