काठमाडौँ । काभ्रे जिल्लाको ऐतिहासिक उद्गम स्थल तेमालको तामाङ राजाको जिवनीमा आधारित ऐतिहासिक गीत दोङ्ह्राप ह्वाई तामाङ समुदायको पुराना गायक चन्द्र कुमार मोक्तानको प्रमुख आतित्थ्यतामा सार्वजनिक भएको छ ।

काठमाडौँ तिनकुने स्थित एक क्याफेमा आईतवार पत्रकार सम्मेलन मार्फत बरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरिएको जानकारी दिएको हो ।

तामाङ गीत संगीतकै इतिहासमा पहिलोपटक २०३७ सालमा रेडियो नेपालमा गीत रेकर्ड गर्ने गायक चन्द्रकुमार मोक्तानको प्रमुख आतिथ्यतामा उक्त गीत सार्वजनिक गरिएको हो ।

गीतमा ऐतिहासिक तेमालको तामाङ राजा ह्रेन्जेन दोर्जेको परिचयसँगै ईतिहासँग सम्बन्धित बिषयवस्तुलाई उठान गरिएको छ । भाग १, २ र ३ गरी क्रमश ३÷३ महिनामा सार्वजनिक गर्ने तयारी रहेको उक्त दोङ्ह्राप अर्थात ईतिहास गीतको पहिलो भाग आइतवार २५ गते सार्वजनिक गरिएको हो ।

गीतका शब्द संकलक अर्थात रचनाकार हिराकाजी लामाले तेमालको तामाङ राजा ह्रेन्जेन दोर्जेको जिवनीसँग सम्बन्धीत रहेको यो गीत पहिलो ऐतिहासिक गीत रहेको दाबी गरेका छन् ।

बिभिन्न राजाहरुको इतिहास अर्थात जिवनी किताबमा प्रकाशीत हुने गरेकोमा गीतसंगीतको माध्यमबाट भने पहिलो पटक भएको उल्लेख गर्दै अब देश बिदेशमा छरिएर रहेका तामाङहरुले ईन्टरनेटको माध्यमबाट सुन्न सकिने बताए  ।