काठमाडौं। काभ्रेपलाञ्चोक जिल्लामा रहेको धुलिखेल नगरपालिका जिल्लाकै पहिलो बालमैत्री नगरपालिका बनेको छ। धुलिखेल नगरपालिकाको ३५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमबाट धुलिखेललाई पहिलो बालमैत्री नगरपालिका घोषणा गरिएको हो। कार्यक्रममा सम्बोधन गर्दै नगरपालिकाका प्रमुख अशोक ब्यन्जूले बालमैत्री नगरपालिका भएको बताए।

दक्षिण एसियामा सबैभन्दा बढी पार्क भएको शहर धुलिखेल हुने ब्यन्जुको भनाइ थियो। उनले भने, ‘सन्तुलित वातावरणको रुपमा विकास गर्ने योजना छ। दक्षिण एसियामा सबैभन्दा बढी पार्क भएको शहर धुलिखेल हुने छ।’

उनले ८० प्रतिशत प्रशोधित पानी भएको शहर बनाइने बताए। स्मार्ट कर प्राणाली सुरुवात भइसकेको पनि प्रमुखले बताए। उनले भने, ‘वाई फाई फ्रि जोन भएको छ। वडाबाट नै कर तिर्न सकिने व्यवस्थाको सुरुवात हुने छ। ३५ करोडको रंगशाला र ७ करोडको माउन्ट स्पार्टस् एकेडेमी बनाइने छ।’