• आकाश शर्मा

“काठमाडाैँ एउटा घर” कुनै समय यही विषय ठूलाे थियाे । तर समयसँगै अब तपाइ हामी कस्ताे घरमा बस्छाैँ भन्ने कुरा महत्वकाे हुन थालेकाे छ । देशभरमा सबैभन्दा धेरै सम्भावनाकाे केन्द्र रहेकाे राजधानीमा वर्षैपिच्छे ५००० भन्दा धेरै घर बनिरहेका छन् ।

जसका कारण काठमाडाैँकाे आकार दिनानुदिन बढ्दै छ । कुनै समय पानिकाे पाेखरीकाे रूपमा रहेकाे उपत्यका यतिखेर विशाल कंक्रिटकाे बस्ती भएकाे छ ।  घर तथा जग्गाकाे बारेमा उचित निर्णय लिन नसक्दा हामीले राजधानीलाइ कुरूप बनाएका छाैँ । याहि कुरूपताकाे बिच पनि घर बनाउन दिने र बनाउनेबीचकाे हाेडबाजी जारी छ । घरनक्साबाट राजश्व असुल गर्ने सरकारी नीति तथा जसरी काठमाडाैँमा एउटा घर भन्ने जनताबीचकाे हाेडमा हामीले उपत्यकाकाे जैविक अबस्था तथा प्रकृति भने नासी सकेका छाैँ ।

यहि क्रम उपक्रममा हालसम्म काठमाडौं उपत्यकामा जनसंख्या ७० लाखको हाराहारीमा पुगेको छ । यतिधेरै जनसंख्या बस्ने उपत्यकाको कुना–कुनासम्म आवासीय बसोबास फैलिएको छ । उपत्यकामा स्थायी बसोबास गर्नेको रहर हुन्छ कम्तीमा एउटा बस्नका लागि राम्रो र चिटिक्क परेको घर होस् । र, मानिसहरु त्यही घर बनाउनका लागि लाग्ने खर्च जुटाउन अनेकन पर्यन्त गर्छन् ।तर कतिपय अबस्थामा कस्ताे घर बनाउने वा घर बनाउन कति पर्छ भन्ने बारे हामीले भेउ पाउँदैन । याे लेख मार्फत मध्यमखाले घर बनाउन लाग्ने बजेट र कामहरूबारै प्रकाश पार्दैछाैँ ।

सामान्यतया उपत्यकामा एक तला मात्रै बनाउने घरहरु कम नै हुन्छन् । तर, यदि कुनै व्यक्तिले घर बनाउँदा एक तला मात्रै बनाउने पछि नथप्ने मानसिकताका साथ घर बनाउने हो भने खर्च कम हुनेगर्छ ।  उपत्यकाका घर बनाउँदा एक तला अगाडि बनाउने पछि थप्ने हिसाबले धेरै घर बनाउँछन् जसले गर्दा  घर बनाउने खर्चमा फरक आउँछ । किनकी दुइ तीन तले घर बनाउनु छ भने जगमा धेरै खर्च गर्नुपर्ने हुन्छ । एकतले घरका लागि जगमा धेरै ठूलाे खर्च गर्नु पर्दैन ।

एक तला मात्रै घर बनाउने हो भने न्यूनतम १५ लाख रुपैयाँदेखि ३० लाख रुपैयाँसम्म घर बन्छ ।  यी बीचमा किन यति धेरै फरक पर्यो भन्ने प्रश्न आउन सक्छ । यसमा आफूले कस्तो सामान प्रयोग गर्ने हो त्यसमा भर पर्छ  । घर बनाउँदा कसरी बनाउने ? कुन प्राविधिक प्रयोग गर्ने ? कस्ताे इँट्टाको प्रयोग ? किचेन तथा ट्वाइलेटमा गरिने खर्च आदिले बजेटकाे साइजलाइ ठूलाे र सानाे बनाउन सक्छ ।

समान्यतया ३० लाख रुपैयाँ खर्च गर्ने हो भने एक तलाको राम्रो घर बनाउन सकिन्छ । यसका लागि एक तला मात्रै घर बनाउँदा १५ देखि २० प्रतिशत ज्यालामा खर्च हुन्छ । त्यसैगरी फिनिसिङमा १५ देखि २० प्रतिशत, इँट्टा, गारो, डण्डी, ढलानलगायतमा १० देखि १५ प्रतिशत, प्लास्टरमा ६ देखि ७ प्रतिशत र ढोका, चौकसमा ३ देखि ४ प्रतिशत खर्च हुन्छ ।

यदि हामी एक तला घर बनाएर पछि अर्को तला थप्ने सोच सहित घर बनाउँदै हुनुहुन्छ जग बनाउँदा धेरै खर्च लाग्छ । काठमाडौं उपत्यकामा घर बनाउनका लागि प्रयोग हुने सिमेन्ट, रड, कामदारको लागतसहित दुई तलाको घर बनाउँदा लगभग ५० लाखदेखि एक करोड ८०  लाखसम्म पर्न जान्छ । घर बनाउँदा सबैभन्दा बढी खर्च हुने ज्यालामा हो । यदि तपाईं दुई तलाको वा साढे दुई तलाको घर एक करोड रुपैयाँमा बनाउँदै हुनुहुन्छ भने ज्यालामा मात्रै १५ लाखदेखि २० लाख खर्च हुन्छ ।

घर बनाउँदा स्क्वायर फिट अनुसार नापेर ज्याला लिने चलन छ । त्यसबाहेक बत्ती, स्यानिटरी, टायल मार्बल फिटिङको र रङ लगाउँदाको ज्याला पनि हुन्छ । साथै, रेलिङको काममा झ्यालको स्क्वायर फिट अनुसार खर्च लाग्छ । त्यस्तै सबैभन्दा बढी खर्च हुनेमा इँट्टा, डण्डी र ढलानमा पनि हो । घर बनाउँदा गारो, डण्डी र ढलानको कामको लागि लगभग बराबर खर्च हुन्छ ।

पछिल्लो समय घर बनाउनेभन्दा पनि घर कसरी सजाउने भन्ने विषयमा धेरै मानिसको ध्यान गएको हुनाले फिनिसिङमा धेरै खर्च हुने गरेको छ । घर बनाउँदा मानिसले कसरी घर सजाउने र कुन कम्पनीको सामान हाल्नेमा भर पर्छ, सोही अनुसार खर्च पनि बढ्दै जान्छ  ।(क्रमशः)