काठमाडौं । कुमारी क्यापिटल लि.द्वारा व्यवस्थापन तथा कुमारी बैंकलि.द्वारा सर्वसाधारणका लागी ६,करोड ८० लाख निष्काशन तथा बिक्री खुल्ला गरिने भएको छ । कुमारी क्यापिटल लि.द्वारा व्यवस्थापन तथा कुमारी बैंकलि.द्वारा प्रवद्र्धन गरिएकोे १० बर्षे बन्दमुखि योजना रहेको रु १० अकिंत दरको ८ करोड इकाइको “कुमारी ईक्वीटी फण्ड” मध्ये १५ प्रतिशत अर्थात १करोड २० लाख इकाई कोष प्रबद्र्धक कुमारी बैंक लिमिटेडको लागि सुरक्षित राखी बाँकी ६ करोड ८० लाख इकाई आगामी शुक्रबारदेखि सर्वसाधारणका लागी निष्काशन तथा बिक्री खुल्ला गरिने भएको हो ।

योजना ब्यवस्थापन गर्ने कुमारी क्यापिटल लि.ले इक्रा नेपालबाट AMC ३ रेटिङ्ग प्राप्त गरेको छ । योजना सुर्य प्रसाद कोइराला, भरत राजपोखरेल, कृष्ण प्रसाद ज्ञवाली, नवराज बुर्लाकोटी र प्रजितकुमार तिमल्सिना गरी ५ जना विशिष्ट अनुभव प्राप्त कोष सुपरिवेक्षकहरुको सुपरिवेक्षणमा संचालन हुनेछ । योजना ब्यवस्थापकले वृहत अध्ययन तथा विश्लेषणको आधारमा इकाई बिक्रिबाट संकलित रकमदक्षता पूर्वक योजनाले तोकेको लगानी क्षेत्रहरुमा लगानी गरी जोखिमको उचित ब्यवस्थापन गरी उच्च प्रतिफल दिई लगानी कर्ताहरुको लगानीलाई सुनिश्चित गर्नेछ । नेट एसेट भ्यालु : रु १० बाट सुरु भई अन्तिम वर्ष (लाभाशं वितरण पश्चात)सम्म रु २२.४९ पुग्ने प्रक्षेपण गरिएको छ ।

लाभाशं र पूँजी वृद्वि समेत गरी औषत प्रतिफल :२२ प्रतिशत प्रक्षेपण गरिएको छ । शेयर बजारमा हुने उतार चढावबाट सिर्जना हुने जोखिमको न्युनिकरणको लागि सामूहिक लगानी कोषको योजनामा लगानी गर्नु उचित रहने योजना ब्यवस्थापकको धारणा रहेको छ । व्यक्तिहरु एवं विभिन्न संस्थाहरुले यस योजनाको इकाईमा लगानी गरि धितोपत्र बजारबाट प्राप्तहुने लाभलिन सकिने छ । निष्काशन गरिएको इकाईहरु बाँडफाँड गरे पश्चात दोश्रो बजारमा कारोबारको लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत तथा सि.डि.एस. एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता गरी कारोबार गर्ने ब्यवस्था गरिने छ ।

यस योजनाको इकाईमा आवेदन गर्नका लागि आफ्नो खाता रहेको बैंक वित्तीय संस्थाबाट आस्वा (ASBA) प्रणाली अन्तर्गत साथै मेरो शेयर अनलाइल प्रणाली मार्फत आवेदन दिन सकिने ब्यवस्था छ । आवेदन गर्दा न्युनतम १ सय इकाई र अधिकत ८० हजार इकाई सम्म आवेदन गर्न सकिने व्यवस्था रहेको छ । उक्त निष्काशनमा आवेदन दिन इच्छुक सर्वसाधारण तथा संस्थाहरुले मिति २०७७ फाल्गुन १४ गते देखि अन्तिम मिति २०७७ फाल्गुन २८ गते सम्म आवेदन दिने ब्यवस्था गरिएकोे छ ।