बुढानिलकण्ठ नगरपालिकाले वडा नं ८ काे फुस्रे पाखाकाे पाँच राेपनी जमिन र त्यहाँकाे भवन नेकाेस नामक एक एनजियाेलाइ १० वर्षका लागि बिना शुल्क दिएकाे बिराेधमा नेपाली काँग्रेसले बिराेध जनाएकाे छ । यस विषयमा लागातार बिराेध तथा डेलिगेसन गरिरहेकाे नेपाली काँग्रेसले बिहिबार पुन डेलिगेसनसहित ज्ञापन पत्र नगरप्रमुख उद्धवप्रसाद खरेललाइ बुझाएकाे छ । फुस्रे पाखामा स्थानीय महिलाहरूले दुख गरेर बनाएकाे भवनसहित सँगैकाे सार्वजनिक १० वर्षलाइ दिएकाे बिराेध गर्दै नेपाली काँग्रेसले तत्काल साे निर्णय फिर्ता लिन नगरप्रमुखलाइ आग्रह गरेकाे छ ।

नेपाली काँग्रेसकाे नगर कमिटि सभापति गणेश काेइरालाकाे नेतृत्वमा आएकाे एक टाेलीले नगर प्रमुख खरेल, उपप्रमुख रमा राइ तथा कार्यकारी अधिकृत बैकुण्ठ सापकाेटालाइ भेटी साे भवन तथा जग्गा लिजमा दिन नहुने भन्दै तत्काल निर्णय सच्याउन आग्रह गरेकाे हाे । ज्ञापनपत्र दिँदै सभापति काेइरालाले याे विषयमा पटक पटक कुरा उठाउँदा पनि नगरप्रमुखले आलेटाले गरेर टार्न खाेजेकाे बताउँदै यसपटक पनि आलेटाले गरे काँग्रेस चुप लागेर नबस्ने बताएका थिए । डेलिगेसन टाेलीका तर्फबाट सभापति काेइरालासहित उपसभापति गाेकर्ण केसी, प्रदेश सभापति विनाेद चालिसे, नगर प्रतिनिधि राजाराम बुढाथाेकी, इकाइ सभापति गाेकुल बरूवालसहित स्थानीय महिला सन्जालका प्रतिनिधिले बाेलेका थिए ।

डेलिगेसन टाेलीलाइ उत्तर दिँदै नगरप्रमुख खरेलले आफूले जे गरेकाे राम्राे गरेकाे भन्दै साे एनजियाेले नगर विकासमा ठूलाे भूमिका खेल्ने बताए । खरेलले साे भवन नगरपालिका अन्तर्गतकाे तालिम केन्द्रकाे रूपमा काम गर्ने बताउँदै साे केन्द्रकाे टिममा  स्थानीय प्रतिनिधिकाे पनि  उपस्थिति राख्न प्रयास गर्ने बताए । जमिन बाँड्ने कुरामा अग्रसर रहँदै आएका नगरप्रमुख खरेलले साे भवन तथा जमिन संस्थालाइ दिएकाेमा बिराेध हुनेपर्ने कुनै कारण नरहेकाे बताए ।

डेलिगेसनमा आएका महिला सन्जालका प्रतिनिधिले आफूले उपयाेग गरिरहेकाे भवनलाइ कुनै समन्वय नै नगरी अर्कै वडाकाे  संस्थालाइ दिएकाे बिराेध गरेपछि उपमेयर रमा राइले उनलाइ झपारेकी थिइन् । उपमेयर राइले आक्राेशित हुँदै भनिन्, “त्याे कसैकाे सम्पत्ति हैन, कसैसँग लालपूर्जा छ र मेराे हाे हाम्राे हाे भनेकाे ? नगरपालिकालाइ जे राम्राे लाग्छ त्यही गर्छ ।”

साे संस्थालाइ भवन तथा जग्गा दिन उपमेयरकाे ठूलाे इन्ट्रेस्ट रहेकाे कुरा बाहिरिरहेकाे बेला डेलिगेसनमा गएकाे टाेलीसँग उपमेयरले आफ्नाे स्वभाविकस्वरूपभन्दा भिन्न हप्किदप्की गरेपछि धेरैले पक्का पनि “दालमा कुछ काला है” भन्ने अनुमान गरेकाे एक सहभागिले बताए । साे नेकाेस संस्थालाइ भवन तथा जग्गा दिने निर्णयपश्चात उपमेयर रमा राइकाे स्वविवेकले खर्च  मिल्ने शीर्षककाे रकम साेही भवन तथा वाल बनाउन प्रयाेग गर्ने गरि दिइएकाे छ । ठूलाे रकमकाे काम भए पनि टेन्डरप्रणालीबाट काम नगरी उपभाेक्ता समितिमार्फत काम भैरहेकाे छ । उपभाेक्ता समितिमा उपमेयर राइका नजिकका आफन्त अध्यक्ष रहेका छन् ।

नगरपालिका सार्वजनिक जमिन बाँड्ने आफ्नाे गलत कदममा टसमस नभए काँग्रेसले कडा कदम चाल्ने नेका नगर सभापति काेइरालाले बताएका छन् । “यसरी महत्वपूर्ण स्थानका  सार्वजनिक जमिन नगरपालिकाले बाँड्दै हिँड्दै हिँड्ने हैन पूर्णतः सुरक्षित राख्ने हाे ।” यदि नगरपालिकाले आफ्नाे निर्णयबाट हट्दैन भने मुद्धासमेत हाल्ने काेइरालाले बताए ।

बुढानिलकण्ठ  नगरपालिकाले गत वर्ष अक्कल तामाङकाे नेकाेस भन्ने संस्थालाइ १० वर्षकाे लागि स्थानीय महिला सञ्जालले निर्माण गरेकाे सार्वजनिक भवन तथा जमिन दिने निर्णय गरेकाे थियाे । तत्कालिन नगरपालिकाका कार्यकारी अधिकृत कुमार काेइराला र नेकाेसका अध्यक्ष अक्कल लामाबीच भएकाे सहमतिपत्रमा साे भवन तथा जमिन दिए लिए वापत नगरले के पाउने कुरा उल्लेख गरिएकाे छैन ।

(सार्वजनिक जमिनकाे संरक्षणकाे सबालमा काठमाडाैँ खबर सदैव सक्रिय बन्दै आएकाे छ । याे विषयमा नगरपालिकाले एक एनजियाेलाइ जानाजान जग्गा बाँडेकाे देखिन्छ । याे बारेमा हामी लगातार समाचार तथा लेखहरू प्रकाशित गर्नेछाैँ )