नेपाल स्वास्थ्यको लागि पानीको २८ औं वार्षिक साधारणसभा सम्पन्न

नेपाल स्वास्थ्यको लागि पानी (नेवा) ले २८ औं वार्षिक साधारण सभा   काठमाडौंमा एक कार्यक्रम आयोजना गरी सम्पन्न भएको छ । उक्त सभाले अर्को दुई बर्षको लागि प्राध्यापक कपिल श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यकारी समिति निर्वाचित गरेको छ । उपाध्यक्षमा मंजुरी सिंह, कोषाध्यक्षमा मुकुन्द प्रसाद न्यौपाने र सदस्य सचिवमा रेखा तुलाचन निर्वाचित भएका छन । त्यसै गरी, कार्यकारी समितिका सदस्यहरुमा विजय पन्त, रामकाजी कोने र रत्ना कुमारी श्रेष्ठ निर्वाचित भएका छन ।

२०४९ साल साउन १५ गते स्थापना भएको यस संस्थाले २,४०० भन्दा बढी आयोजनाहरू मार्फत हालसम्म २१ लाख व्यक्तिहरूलाई सफा खानेपानी तथा सरसफाइ र स्वच्छता सम्बन्धित सेवा—सुविधा प्रदान गरिसकेको जारि प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । आयोजना खानेपानी तथा सरसफाई उपभोक्ता समितिले स्थानीय सरकारको आर्थिक सहयोग तथा नेवाको आर्थिक र प्राविधिक सहयोगमा संचालन गर्दछन् । नेवा अनुसन्धान, प्रकाशन र नागरिकको सफा खानेपानी, स्वच्छता र सरसफाईको अधिकारको सुनिश्चितताको लागि नीतिगत पैरवी तथा वकालतमा समेत सक्रिय रहेको छ ।

संस्थाले स्थानीय, प्रदेश तथा संघीय सरकारका र समुदायमा आधारित संघ—संस्थाहरुका साथै अन्तर्राष्ट्रिय साझेदार संस्थाहरुसँग सहकार्य गर्दे आएको छ । संस्थाले नेपालको खानेपानी, सरसफाई तथा स्वच्छताको क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप थुप्रै प्रतिष्ठित पुरस्कार र प्रशंसा पत्रहरू, जस्तै जनसंख्या र वातावरण मन्त्रालयले प्रदान गरेको वातावरण पुरस्कार २००१ तथा स्टार्स फाउन्डेशन युकेले प्रदान गरेको स्टार्स इम्प्याक्ट अवार्ड २०१३, प्राप्त गरेको छ ।

संस्थाले हाल काभ्रे, सिन्धुली र बाग्लुङ्ग जिल्लाका केही गाउँ÷नगरपालिकाहरुमा आयोजनाहरू संचालन गरिरहेको छ । संस्थाको बाग्लुङ्ग प्रदेश कार्यालय, सिल्धुली प्रदेश कार्यालय र केन्द्रीय कार्यालय काठमाडौं गरि ३ कार्यालयहरू र  ८८ जना कर्मचारीहरू छन् । केन्द्रीय कार्यालय लोहसाल, काठमाडौं–४ मा रहेको यस कार्यालयका निर्देशक उमेश कुमार पाण्डे हुन् ।