नेपाल कम्युनिष्ट पार्टी नेकपाको विभाजनकाे असरसँगै नुवाकोटमा ओली पक्ष निकै नै अल्पमत तथा कमजाेर देखा परेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै  अनौपचारिक रुपमा दुई ध्रुवमा बाँडिएको नेकपा नेताहरू विधिवत आफ्नाे केन्द्रीय कमिटी देखि स्थानीय वडा कमिटीसम्म नेकपा विभाजनसँगै नुवाकोट जिल्लामा केपी ओली निकट नेता कार्यकर्ता अल्पमतमा परेका छन् । नुवाकोटका प्राय स्थानीय तहका मेयर, उपमेयर केपि ओलिको कदमको विरुद्धमा प्रचण्ड–माधव समुहको समर्थनमा देखिएका छन् ।

नुवाकोटमा बेलकोटगढी नगरपालिकाका मेयर राजेन्द्र रमण खनाल र तारकेश्वर गाउँपालिका प्रमुख रमेश वस्ती दुई जना मात्रै केपि ओलिको समर्थनमा देखिएका छन् ।  सबैभन्दा ठूलाे नगरपालिका विदुर नगरपालिकाका मेयर सन्जु पण्डित पण्डित, उपमेयर गिता कुमारी दाहाल, बेलकोटगढी नगरपालिका उपमेयर कविता ढुंगाना, तारकेश्वर गाउँपालिका उपाध्यक्ष तारा कार्की रिमाल, पन्चकन्या गाउँपालिका अध्यक्ष रमेश लामा, लिखु गाउँपालिका उपाध्यक्ष रोजिना राई, ककनी गाउँपालिका अध्यक्ष मान बहादुर तामाङ्ग, उपाध्यक्ष सीता खतिवडा लगायतका अधिकांश जनप्रतिनिधिहरु प्रचण्ड माधव समुहको नेकपाको समर्थनमा मात्र हेन आन्दोलनमा पनि सक्रिय रहेका छन् ।

नुवाकोटको दुप्चेश्वर, मेघाङ, किस्पाङ, सुर्यगढी र लिखु गाउँपालिकाका अध्यक्ष काङ्ग्रेस पार्टीले जितेकाे छ । अधिकांश गाउँपालिका र विदुर नगरपालीकाले प्रचण्ड–माधव समुहको नेकपालाई समर्थन गरेसँगै नुवाकोटमा ओली समुहको नेकपा कम्जोर बन्न पुगेको हो ।