काठमाडौं– शुभ प्रभात नेपाल संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रमबाट १ सय ५० पिन्ट रगत सङ्कलन गरेको छ । संस्थाको यो दशौं पटक गरेको रक्तदान कार्यक्रम हो ।

शनिवार काठमाडौँको सुकेधारामा आयोजना गरिएको कार्यक्रमा हिमाल डेन्टल हस्पिटलका डाक्टर राजेन्द्र भट्ट प्रमुख अथिति रहेका थिए ।

शुभ प्रभात नेपाल गैर–राजनितिक सामाजिक विकासमा सक्रिय संस्था हो ।यसले आफ्नो स्थापनाकाल देखि विभिन्न सामाजिक सेवामा उल्लेखनिय योगदान पुर्याउँदै आएको संस्थाका अध्यक्ष कुलबहादुर बस्नेतले बताए ।