रामेछापमा सार्वजनिक गाडी चालकले खुट्टामा जुत्ता नलगाए ट्राफिक प्रहरीले कारबाही गर्ने भएको छ । गाडी चालकले खुट्टामा जुत्ता नलगाइ चप्पल लगाएर गाडी चलाउँदा धेरै दुर्घटना भएको निष्कर्ष निकालेर ट्राफिक प्रहरीले यो अभियान चलाउने भएको हो । चप्पल लगाएर गाडी चलाउँदा खुट्टामा आएको पसिनाले चिप्लिएर गाडीको ब्रेक नलाग्ने र ब्रेक लगाउन खोज्दा ब्रेकमा नै चप्पल अड्किने र गाडी दुर्घटना हुने भएकाले यसलाई रोक्न ट्राफिक प्रहरीले यो अभियान सुरु गर्ने भएको हो ।

जिल्ला ट्राफिक प्रहरीले मङ्गलवारदेखि आउँदो पाँच दिनसम्म गाडी चालकहरुलाई खुट्टामा चप्पल लगाएर गाडी चलाउन अनुरोध गर्ने भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख रामेश्वर पाण्डेका अनुसार जिल्लामा चल्ने साना तथा ठूला सवारीसाधनका चालकहरूले अनिवार्य खुट्टामा जुत्ता लगाउनुपर्नेछ । जाँचका क्रममा जुत्ता नलगाइ गाडी चलाएको भेटिएमा आवश्यक कारबाही गरिनेछ ।’