• आकाश शर्मा

अनाैठाे लाग्दैन ? पार्क त्याे पनि कंक्रिटकाे !! पार्क पनि कंक्रिटकाे हुन्छ र ? हावादारी लेख्ने ? भनेर भन्नु हाेला । तर काठमाडाैँकाे बुढानिलकण्ठ नगरपालिकामा निर्माणाधिन तथा उद्घाटन पर्खेर बसेका ५ पार्कहरू हेर्न आउनु भयाे तपाइँलाइ अचम्म लाग्छ । कुरूप बस्तिका बीच बनिरहेका यी पार्कहरू पूर्णतः कंक्रिटका छन् । यी पार्कमा टिकटक बनाउन भिडियाे राम्राे आउन सक्ला तर अरू केही काम लाग्ने देखिदैन । पार्कमा रूखबिरूवा देख्न पाउनु हुन्न । केही सस्ता बुट्टा निकालिएका कंक्रिटका स्वरूपहरूबाहेक पार्कमा खाली ठाउँमा दुबाे भरिएकाे छ । यी दुबाे कति दिन टिक्छ यहाँहरूले अनुमान लगाउन सक्नुहुन्छ । एकाध साना रूखहरू लगाइएका छन्, त्याे पनि ठूलाे नहुने धुपीकाे ।

बुढानिलकण्ठ नगरपालिका आफैसँगचाहि कुनै पनि खालकाे पार्ककाे अवधारणा थिएन र छैन पनि । यस्ता सृजनशील विषयमा याे नगरपालिकाले ध्यान दिने गर्दैन । नगरपालिकाका बारेमा चासाे राख्ने  र केही गरू भन्ने  रवि थापाले सहरी विकास मन्त्रालयका सचिवकाे निकटतामा ५ वटा पार्क बनाउने अवधारणा विकास गरे । शुरूमा रवि थापाले सहरी विकास मान्त्रालयका सचिवमार्फत यस्ताे गर्ने भन्दा यस नगरपालिकाका मेयरसहित कसैले पत्याएनन् । बल्ल बल्ल पत्याए । रवि थापाकाे प्रयास र  सचिवकाे पहलमा साँढे १७ कराेड बजेट निकास हुने भयाे । अब नगरपालिकाले पैसा आउने भएपछि पार्ककाे डिजाइन इत्यादीमा काम हुन थाल्याे । नगरपालिकाले पार्क बनाउने डिजाइन बनायाे । पूर्णतः कंक्रिट पार्ककाे अवधारणामा ५ वटा पार्क बन्न थाल्याे नगरपालिकाकाे वडा नं १३ नौलिन भद्रकाली मन्दिर क्षेत्र, वडा नं २ कालिका मन्दिर क्षेत्र, वडा नं ८ जगन्नाथ मन्दिर क्षेत्र, नगरपालिका भवन परिसर र वडा नं १० स्थित  डिठ्ठाचाैरमा ।

रवि थापा तथा सहरी विकास मन्त्रालयका तत्कालिन सचिव डा. रमेश प्रसाद सिंहकाे प्रयासमा निकासा भएकाे रकमले बनेकाे पाँचवटा पूर्णतः कंक्रिट पार्कका विषयमा यतिखेर कसले जस लिने भनेर हाेड चलेकाे छ । याे हाेडमा स्वयम् रवि थापा र सचिव सिंह भने हराइसकेका छन् । जस लिनका लागि मेयर उद्धव खरेल, प्रदेश सांसद दीपक निराैलादेखि वडाध्यक्षहरू मरिहत्ते गरेर लागेका छन् । पार्क आफूले बनाएकाे भनेर जस लिनका लागि जाेगमेयर शैलीका नेता भनेर चिनिने काठमाडाैँ क्षेत्र नं ४ का पराजित उम्मेदवार राजन भट्टराइ पनि दाैडिएका छन् । अब कसले जस लिन्छ त्याे त हेर्न बाँकी छ । यति स्पष्ट छ, याे पार्ककाे जस रवि थापा र सचिव सिंहले पाउँने छैनन् ।

बडाे अचम्म यी पाँच कंक्रिट पार्कलाइ उद्यान भनिएकाे छ । आसन्न गर्मी महिनामा एकछिन बस्नका छहारीसम्म नभएकाे याे पार्क कुनै पनि दिन उद्घाटन हुनेछ । संभवतः जाेगमेहर शैलीका नेता डा राजन भट्टराइका करकमलबाट याे महान कामकाे उद्घाटन हुनेछ अनि साथमा हुनेछन् मेयर उद्धव खरेल र प्रदेश सांसद दीपक निराैला । अनि उद्यान बनेकाे नाममा दास कार्यकर्ता तथा जनप्रतिनिधि विशाल काम भएकाे भनेर फेशबुक भर्नेछन् र आउँदाे चुनावका लागि इस्यु भनेर आत्मरतिमा रमाउनेछन् ।

बुढानिलकण्ठ नगरपालिका सदैव राम्रा कुराले भन्दा नराम्रा र सस्ता कुराले चर्चामा आउँछ । नगरपालिकाका मेयर उद्धव खरेल पनि तिनै अभागिमध्ये पर्छन् जाे हत्तपत्ति सकारात्मक समाचारकाे हेडिङ बन्न सक्दैनन् । ४ वर्षे कार्यकाल बिताउन लाग्दा मेयर खरेलका नाममा देखाउन तथा सुनाउनयाेग्य एक काम पनि छैन ।