नेकपा एमालेका अध्यक्ष केपी ओलीले आज पार्टीका महत्वपूर्ण विषयमा एकल निर्णय गरेपछि साे विषयमा व्यापक आलाेचना भएकाे छ । यसैबीच सहकार्य एवम् एकताका कुरा उठाइरहेका  तत्कालिन एमाले उपाध्यक्ष वामदेव गौतमले केपी ओलीसँग मिलेर जाने सबै सम्भावना सकिएको बताएका छन्।

गौतमका प्रेस सल्लाहकारका विश्वमणि सुवेदीका अनुसार गौतमले अब ओलीसँग मिल्ने र उनीसँगै जाने सबै सम्भावना सकिएको बताएका छन्। ‘ केपी ओलीसँग मिल्ने र उहाँसँगै जाने सबै सम्भावना समाप्त भयो’, गौतमको आधिकारिक धारणा भन्दै सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन् । आजै ओलीले एकलौटी ढंगबाट अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीलाई खोसेका छन्।