काठमाडाैँ क्षेत्र नं ४ मा नेपाली काँग्रेसले अगुवा कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न गरेकाे छ । क्षेत्र नं ४ पार्टी कमिटिले आयाेजना गरेकाे कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा १०० जना अगुवा नेता तथा कार्यकर्ताकाे उपस्थिति थियाे । पुरुषाेत्तम दहाल र पुष्पा भुषालले अगुवा कार्यकर्तालाइ प्रशिक्षण दिएका थिए ।

चावहिलकाे एक ब्याङ्क्वेटमा आयाेजना भएकाे प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता तथा केन्द्रिय सदस्य गगन थापाकाे उपस्थिति एवम् सम्बाेधन रहेकेा थियाे । प्रशिक्षण कार्यक्रम पूर्व सांसदहरू नराेत्तम बैद्य, राधा घले, न्हुच्छेनारायण श्रेष्ठले काँग्रेसकाे वर्तमान तथा भूमिकाका बारेमा सम्बाेधन गरेका थिए ।

कार्यक्रमलाइ  नेपाली काँग्रेस जिल्ला कार्यसमिति काठमाडाैँकाे सभापति सबुज बानियाँले पनि सम्बाेधन गरेका थिए । प्रशिक्षण  कार्यक्रमले नेपाली काँग्रेसकाे वर्तमान कार्यदिशा र रणनीति बुझ्न सहज भएकाे तरूणदल बुढानिलकण्ठ नगरपालिका अध्यक्ष राजुविक्रम थापाले बाए । (फाेटाेः आसमान संगत फेशबुक)