नेपाली काँग्रेसकाे नेता नविन्द्रराज जाेशीकाे दुखद निधन भएकाे छ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफ्नाे सामाजिक सन्जालमार्फत जाेशीकाे दुखद निधन भएकाे बताएका छन् । नेता सिंहले फेशबुक पेजमा लेखेका छन्, याे अप्रिय खबर कसरी सुनाउ र पनि अल बिदा नबिन्द्र हार्दिक श्रद्धाञ्जली ।

नेता नविन्द्रराज जाेशीकाे केहि दिन अघि मश्तिष्कघात भएकाे थियाे । काठमाडाैँकाे नर्भिक हस्पिटलमा उनकाे उपाचार भैरहेकाे थियाे । जाेशीकाे असामयिक निधनले काठमाडाैँ काँग्रेसले एक प्रिय नेता गुमाएकाे छ ।