रविन अधिकारी यतिखेर माओवादी केन्द्रका नेता हुन् । यसअघि तत्कालिन नेकपाका बुढानिलकण्ठ नगर कमिटि अध्यक्ष रहेका अधिकारी नेकपालाइ अदालतले दुइपार्टीमा विभक्त गरिदिएपछि आफ्नाे मातृ पार्टीमै सक्रिय छन् । तत्कालिन अबस्थामा पनि उनी माओवादी केन्द्रका नगर अध्यक्ष नै थिए । राजनीतिलाइ विकाससँग जाेड्नु पर्ने धारणा राखेर राजनीतिमा सक्रिय रहेका अधिकारी माओवादी केन्द्रकाे संगठनलाइ फेरी चुस्तदुरूस्त बनाउने बारे छलफलमा व्यस्त छन् ।

नेकपालाइ सर्वाेच्च अदालतले खारेज गरेर एमाले र माओवादी केन्द्र बनाएसँगै नेपालकाे राजनीति तीनवर्ष पछिकाे अबस्थामा फर्किएकाे छ । एक भएकाे पार्टी दुइ भएपछि स्थानीय तहसम्म आपसी कटुताका बिभिन्न पक्षहरू देखिन थालेका छन् । प्रधानमन्त्री केपि ओलीद्वारा संसद बिघटन गर्ने कार्यसँगै सिर्जित राजनीतिक समस्या झनै उँचाे भैरहँदा रविन अधिकारीजस्ता स्थानीय तहमा सक्रिय नेताहरू भूमिकामा देखिन थालेका छन् । एमालेसँगकाे सहकार्य छुटेपछि अधिकारी आफ्नाे पूरानाे संगठन ब्यूँझाउन सक्रिय छन् । यही सक्रियताका बीच उनीबिरूद्ध बेलाबेला भ्रमका खेति गर्नेहरूले बिबिध कुराहरू बजारमा ल्याउने गरेका छन् ।

प्रम केपि ओलीले संसद विघटन गरेका बेला नेकपामा देखिएकाे अन्तर्द्वन्द्वमा पनि अधिकारीबिरूद्ध बिबिध भ्रम छर्नेहरू फेरि एकपटक सक्रिय देखिएका छन् । व्यक्तिगतरूपमा बुढानिलकण्ठ नगरपालिकाकै सबैभन्दा शक्तिशाली नेताका रूपमा रहेका अधिकारीमाथि दुष्प्रचार गरेर उनकाे साख गिराउन उद्धत केही व्यक्तिहरूले उनलाइ याे पार्टीमा प्रवेश गर्न लागेकाे वा  उ पार्टीमा प्रवेश गर्न लागेकाे भनेर प्रचार गरिएकाे प्रति अधिकारीले बेखुसी व्यक्त गरे । “राजनीतिमा उतारचढाव भैरहन्छन् तर बिचलित हुनु हुँदैन” भन्दै अधिकारीले “आफू राजनीतिलाइ छाेड्न तयार तर दल परिवर्तन गर्न तयार नभएकाे” बताएका छन् ।

अधिकारीले भने, “हाम्राे जस्ताे देशमा राजनीति अनिश्चयकाे पर्याय हुने गर्दछ । राजनीतिका बिबिध आयामले छाेटाे छाेटाे समयमा आफ्नाे आयामलाइ परिवर्तन गरिरहेकाे हुन्छ तर आफूले बाेकेकाे राजनीतिमा बिचलित हुनुहुँदैन ।” राजनीति धैर्य पनि हाे भन्दै अधिकारीले जनताकाे हितका लागि आफूले राजनीति गरिरहेकाे बताए । “जनताका सुख दुखमा साथ दिनसक्ने नेता बन्नु आफ्नाे ध्येय हाे,  त्यसैले जनताकाे काम गर्न माैकापरस्त तथा दलबदलु बनिरहन पर्दैन ।” अधिकारीले थपे । धमिलाे पानीमा माछा मार्न उद्धत केहि तत्व आफ्नाे बिरूद्धमा सदैव लागिरहेकाे बताउँदै अधिकारीले त्यस्ता तत्वले भ्रम छरे पनि आफूलाइ केही फरक नपर्ने बताए ।