विगत ४ वर्षदेखि समाचारकाे बिभिन्न स्वरूपमा कलम चलाउँदै आएकाे काठमाडाैँ खबर डटकम ०७८ सालकाे पहिलाे घामकाे झुल्काेसँगै नयाँ साेच, विचार एवम् स्वरूपमा प्रकाशित हुँदैछ । नयाँसालसँगै काठमाडाैँ खबरकाे व्यवस्थापन पक्षमा परिवर्तन भएकाे छ । संस्थापक व्यवस्थापन समितिका सबै सदस्यहरू काठमाडाैँ खबरबाट विदा भएका छन् । नयाँ साेच एवम् स्वरूपमा जाने क्रममा व्यवस्थापन समितिमा नयाँ तर जाेशजाँगरयुक्त समूह सक्रिय भएकाे छ ।

नयाँ वर्षसँगै अनलाइन मिडियाकाे पत्रकारितामा काठमाडाैँले नयाँ मानक तय गर्नेयात्रामा रहनेछ । राजनीतिसँगै  विकासनिर्माणका बिबिध आयाम र सामाजिक विषयबस्तुतिर हामी बढि सक्रिय हुनेछाैँ । नयाँ व्यवस्थापनसँगै काठमाडाैँ खबरकाे टिम पनि ठूलाे भएकाे छ । टिममा भएका सदस्यहरुकाे सक्रियताले पत्रकारितामा हामी धेरै कुरा पस्किन सक्षम हुनेछाैँ  ।

समाजभित्रका साना ठूला सबै विषयलाइ वस्तुपरक भएर समाचार बनाउने मात्र नभै कतिपय विषयमा अभियान्ताकाेरूपमा समेत सक्रिय बन्ने बनाउने भूमिकामा काठमाडाैँ खबरले आफूलाइ प्रस्तुत गर्नेछ । विशेषगरेर विकास, सामाजिक स्वरूप, सांस्कृतिक तथा धार्मिक भावना, पर्यावरण/वातावरणीय समस्यामा हाम्रा कलम सक्रिय हुनेछन् ।

सस्ताे लाेकप्रियताका आधारमा बनाइने सस्ता राजनीतिक समाचार तथा व्यक्तिगत रागद्वेषसँग सम्बन्धित विषय हाम्रा लेखनकारिताका प्रमुख समाचार बन्नेछैनन् । हाम्राे मूख्य लक्ष्य  समाचार, विचार र अनलाइन एक्सक्लुसिभका लागि पाठकहरुले सँधै याद गर्ने मिडिया बन्ने हो । तथापि हामी न्युज ब्रेकका नाममा हुने सस्ता प्रतिस्पर्धामा हैन, सही र पुष्टि भएका न्युजमामात्र सबैभन्दा बढि ध्यान दिनेछेाँ । काठमाडाैँ खबरमा समाचार प्रकाशित भएपछि यो समाचार सही हाे वा सही रहेछ भन्ने विश्वास पाठकमा बनाउन सक्नु हाम्रो सफलता हुनेछ । किनेर वा बुस्ट गरेर पाइने वा लिइने तथाकथित र्‍याङ्किङमा हाम्राे विश्वास छैन । हामी र्‍याङ्क बढाउने नाममा बौद्धिक पाठक विचलित हुने सामग्रि कदापि पस्किने छैनाैँ  ।

यसका लागि हामीले नेपालकाे संचार नीतिसँग मेल खाने र कसैगरि पनि खिलापमा नजाने खालकाे समाचार नीतिसम्बन्धी आन्तरिक नीति तथा निर्देशिकामा रहेर काम गर्नेछाैँ ।  काठमाडाैँ खबरकाे यस महत्वपूर्ण यात्रामा सबैभन्दा महत्वपूर्ण भूमिका पाठकवर्गकाे नै रहनेछ । पाठकवर्गकाे सर्वाेपरी रूचि र विश्वस्नियतालाइ हामी ध्यान दिएर हामी समाचार पस्किनेछाैँ ।

सबैलाइ नयाँ वर्ष २०७८ काे हार्दिक मंगलमय शुभकामना ।