विश्वमाभरमा  कोरोना संक्रमणका कारण २९ लाख ७१ हजार दुई सय १२ जनाको मृत्यु भइसकेको छ । १३ करोड ८० लाख पाँच हजार चार सय १९ जनामा कोरोना संक्रमण भएको छ । हालसम्म  हाल विश्वमा दुई करोड ४० लाख आठ हजारभन्दाबढी सक्रिय संक्रमित छन् ।

 विश्वभमा ११ करोड १० लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बुधबार बिहानसम्ममा सम्ममा ११ करोड १० लाख २६ हजार एक सय ८९ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म तीन करोड २० लाख ७० हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई करोड ४६ लाख २६ हजारभन्दा बढी निको भएका छन् भने पाँच लाख ७७ हजार एक सय ७९ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म एक करोड ३८ लाख ७१ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड २३ लाख ३२ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ७२ हजार एक सय १५ जना पुगेको छ।

नेपालमा हालसम्म दुई लाख ८० हजार नौ सय ८४ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ७४ हजार तीन सय १८ जना निको भएका छन् । यहाँ कोरोनाबाट तीन हजार ५८ जनाले ज्यान गुमाइसकेका छन् ।