नेपाली काँग्रेस बुढानिलकण्ठ नगरकमिटिले नववर्ष २०७८ काे अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयाेजना गरेकाे छ । नगर कमिटि कार्यालयकाे उद्घाटनसहितकाे कार्यक्रमलाइ नेपाली काँग्रेसका नेता गगन थापाले उद्घाटन तथा सम्बाेधन गरेका थिए ।

मण्डिखाटारस्थित रूमिज् बिस्ट्राे प्राङ्गणमा भएकाे चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागि २०० भन्दा धेरै नेता कार्यकर्तालाइ सम्बाेधन गर्दै नेपाली काँग्रेस केन्द्रिय सदस्य तथा सांसद गगन थापाले समसामयिक राजनीतिक अबस्थाबारे संक्षिप्त जानकारी गराएका थिए । नेपाली काँग्रेस बुढानिलकण्ठ नगरकमिटिका सभापति गणेश काेइरालाकाे सभापतित्व भएकाे संक्षिप्त कार्यक्रममा नराेत्तम वैद्य, राधा घले, भीमसेन खत्रीलगायतका सांसदहरु उपस्थित रहेकाे  थियाे ।