सामसङकाे माेबाइल ब्रान्डले ग्यालेक्सी एम ६२ माेबाइल नेपाली बजारमा ल्याएको छ । मध्यमखाले मूल्यमा राम्राे फाेन ल्याउने क्रममा ग्यालेक्सी एम ६२ फोनलाइ युवाहरुको आवश्यकताअनुरुप स्पीड तथा पफर्मेन्सको लागि विशेष रुपमा डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

सात हजार एम्पिएरकाे ब्याट्री रहेकाे यस माेबाइलमा पावरफुल क्वाड क्यामेरा,  आकर्षक डिस्प्ले रहेको कम्पनीले जनाएको छ । यो स्मार्टफोन ९.५ एमएमको मोटाइ र तौल २१८ ग्राम रहेको कम्पनीले जनाएको छ । ६/१२८ जीबीको मूल्य ४० हजार र ८/१२८ जीबीको मूल्य ४३ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।