????????????????????????????????????

राष्ट्रिय जनमोर्चाले अन्ततः गण्डकी प्रदेश सरकारको समर्थन फिर्ता लिएको छ। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए।

उनले देशसञ्चारसँग भने, ‘हामीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समथर्न फिर्ता लिइसकेका छौँ। अब गण्डकीको हकमा पनि त्यो लागू हुनुपर्छ भन्ने लाग्यो। त्यसैले समथर्न फिर्ता लियाैँ।’ यो सँगै उनले अब काँग्रेस र माओवादी केन्द्र मिलेर सरकार बनाएमा त्यसको समर्थन गर्ने बताए।

जनमोर्चाले समथर्न फिर्ता लिएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार अप्ठ्यारोमा परेको छ । गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका ३ जना सांसद छन्। अब नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिएमा मुख्यमन्त्री गुरुङ अल्पमतमा पर्नेछन् ।

केसीले जारी गरेको वक्तव्य यस्तो छ

प्रेस वक्तव्य

गण्डकी प्रदेश सरकारलाई राष्ट्रिय जनमोर्चाले दिएको समर्थन बारे भएको निर्णयलाई सार्वजनिक गर्न यो प्रेस वक्तव्य जारी गरिएको छ । केन्द्रमा प्रधानमन्त्री केपी ओलीको स्वेच्छाचारी कार्यशैली, जनहित र संसदीय प्रजातान्त्रिक मूल्य–मान्यताका विरुद्धका कार्य तथा आफ्नै पार्टीका निर्णयहरु समेतलाई उल्लंघन गर्ने कार्य र कार्यशैलीको हामीले विरोध गर्दै आएका थियौँ । त्यस सिलसिलामा उनले असंवैधानिक तरिकाले संसदको विघटन गरेपछि हामीले उनको नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेका थियौँ । उनका त्यसप्रकारका क्रियाकलापहरुबाट २०६२/६३ को महान जनआन्दोलनका उपलब्धिहरु गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षता आदिमाथि गम्भीर खतरा उत्पन्न भएको छ । त्यसको अर्थ देशमा प्रतिगमनको खतरा बढेको छ । देशी–विदेशी शक्ति केन्द्रहरुको सक्रियता बढेको छ । राजनीतिक अन्यौलता कायमै छ । यो स्थितिको अन्त्यका लागि केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनु नै उपयुक्त विकल्प हो । उनले राजीनामा दिनको लागि हामीले जोड दिंदै आएका छौँ । केन्द्रमा हामीले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि प्रदेशहरुमा नेकपा र पछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेका सरकारहरुलाई दिएको समर्थन कायमै राखेका थियौँ । त्यसको अर्थ हामीले बामपन्थीको सरकारमा जोड दिएका हौँ । गण्डकी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) अलग भएको स्थितिमा त्यहाँ ओली पक्षको मात्र सरकार हुन्छ । साविकको स्थितिमा परिवर्तन हुन्छ । गण्डकी प्रदेश सरकारले ओलीको पक्षमा काम गरिरहेको छ । त्यसका क्रियाकलापहरुले पनि प्रतिगमनलाई मद्दत पुग्छ । त्यसकारण गण्डकी प्रदेश सरकारका विरुद्ध प्रतिपक्षबाट आउने अविश्वासको प्रस्तावलाई हाम्रो समर्थन हुनेछ । मुख्य मन्त्रीमा माओवादी केन्द्र र ने.का. जुन आए पनि त्यो उनीहरु बीच बन्ने समिकरणको कुरा हो । त्यसमा हाम्रो समर्थन रहने छ । तर त्यो सरकारमा हामी भने सहभागी हुने छैनौँ ।

२०७८ बैशाख १ गते चित्रबहादुर के.सी. अध्यक्ष