हाेला

  • शरू गाैतम

हाेला, आँगमा मैलाे,टालेकाे लुगा कुर्कुच्चाे फुटेकाे

हाेला, भावीले पनि धनीकाे लिष्टमा हाल्नलाइ छुटेकाे ।

साग र सिस्नु खाएर पनि आन्नदित नै छ याे मन

हाेला, कहिलेकाँही ढिलाे चाँडाे भएर खान पाएकाे ।।

 

कहिले पिज्जा र बर्गर पनि खाइयाे, आज मकै छ भुटेकाे

फेरि पनि पक्कै आउला त्याे दिन पनि पेटभरि खाएर चुठेकाे ।

गरिबलाई झन गरीब बनाई थिचेर राख्ने हाे

आउला, कहिल्यै विभेदकाे खिलाफ गरिब जुटेकाे ।।

 

हाेला, समय आउला एकदिन  गरिब उठेकाे त्याे दिन

पालाे कुरेरै बसाैँला, आशाकाे दियाेमा तेल थप्दै रहाैँला ।

समयभन्दा नजिक अनि समयभन्दा टाढा के पाे छ र

हाेला,  कहिल्यै धनिकाे च्यापाेबाट उम्किने हिम्मत टुटेको ।।