नेपाल पत्रकार महासंघका नवनिर्वाचित प्रथम उपाध्यक्ष रमेश विष्ट सम्मानित भएका छन् । नेपाली काँग्रेस काठमाडाैँ क्षेत्र नं ५, प्रदेश क ले आयाेजना गरेकाे सम्मान कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले विष्टलाइ सम्मानित गरेका हुन् । क्षेत्र नं ५ स्तरीय नेपाली काँग्रेसका नेता कार्यकर्ताकाे एक भेलामा नेपाली पत्रकारिता क्षेत्रमा विष्टले हासिल गरेकेा उचाइकाे प्रशंसा गरिएकाे थियाे ।

सम्मानित भएका प्रथम उपाध्यक्ष विष्टले महासंघकाे इतिहास र वर्तमान नेपाली पत्रकारिताकाे परिस्थितिका बारेमा बाेलेका थिए । कार्यक्रम नेपाली काँग्रेस काठमाडाैँ क्षेत्र नं ५ प्रदेश क का सभापति भैरव सापकाेटाकाे सभापतित्व् भएकाे थियाे ।

फाेटाेः अमर थापा