याे तस्वीर भूगाेल पार्ककाे हाे ।  भूगोलपार्क यो काठमाडौंको न्युरोडमा पर्छ । १९९० सालको भुकम्प पछि श्री ३ जुद्ध शमशेरले यस पार्कको निर्माण गरी अभिलेख राखेका थिए। त्यतिबेला दिनको एकचोटी जुद्धशमसेर हात्तीमा चढेर घुम्न आउथे। प्रत्येक वर्ष माघ २ मा यहाँ भुकम्प दिवसको कार्यक्रम हुने गर्छ। यस पार्कमा निशुल्क रूपमा घुम्न र अवलोकन गर्न सकिन्छ ।