• आकाश शर्मा

कम्युनिस्ट नेताहरूकाे जीवनशैली राजशी बनेकाे छ । अध्यक्ष ओली, प्रचन्डदेखि सामान्य कम्युनिस्ट भनिने कार्यकर्तासमेतलाइ अब कम्युनिस्ट भन्दा वा उनीहरूले एकअर्कालाइ कमरेड भन्दा मानाै मार्क्स, लेनिनदेखि माओसम्मलाइ तथानाम गाली गरेझैँ लाग्छ । कम्यूनिस्टहरू कतैबाट पनि कम्यूनिस्ट मूल्यमान्यता र अबस्थामा नरहेकाे परिस्थितिमा नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव तथा वर्तमान उपप्रधानमन्त्री इश्वर पाेखरेल फेरि एकपटक भाइरल छन् ।

शाही शासनकालमा ट्यांकीमा पैसा लुकाएकाे आराेप लागेका पाेखरेलकाे अर्बाैँकाे चलअचल सम्पत्ति एवम् राजसी स्वरूपका बारेमा एउटा अनलाइनले समाचार छापेपछि साे समाचार दिनानुदिन भाइरल भैरहेकाे छ । कहाँबाट आयाे इ्श्वर पाेखरेलकाे अर्बभन्दा बढि सम्पत्ति शीर्षकमा माघमा प्रकाशित भएकाे साे समाचारमा नेपालवाच नामक अनलाइनमा सविस्तार पढ्न पाइन्छ । सँधै फाइदा एवम् पदमा बस्ने स्वभावका इश्वर पाेखरेलकाे भूमिगत जीवनदेखि आजसम्मका यावत् अवस्थाहरू साे समाचारमा लेखिएकाे छ ।

प्राथमिक स्तरकाे शिक्षिका श्रीमती र राजनीतिनै पेशा भएका पाेखरेलकाे अकल्पनिय सम्पत्ति र रवाफ यतिखेर काठमाडाैँ क्षेत्र नं ५ का जनताले चासाेका साथ लिएका छन् । नेपालवाचकाे साे समाचारमा पाेखरेलकाे नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, नेपाल राष्ट्रिय बाणिज्य बैंक, एभरेष्ट बैंक, सानिमा बैंकमा पनि पोखरेल दम्पतिको ठूलै मात्रामा नगद मौज्जाद रहेकाे बताइएकाे छ  ।समाचारमा पाेखरेलकाे  लागनी जलविद्युत, कलेज, अस्पताल र बैंकमा रहेकाे बताइएकाे छ ।

समाचारमा लेखिएकाे मुख्यपक्ष भनेकाे एक सर्वहारवादी नेता टाेखास्थित दीपक कुँवरकाे लक्जरी हाउजिङमा २३ आना जग्गामा बनेको तीन तले घर कसरी भयाे ? याे कसरी सम्भव छ ?

समाचारलाइ चरित्रहत्या भनेर पाेखरेल पक्षीय मानिसहरूले भने पनि कम्युनिस्ट नेताकाे याे राजसी जीवन साँच्चै अनुसन्धानकाे विषय हाे । याे अनुसन्धान जनताले गर्नुपर्छ । हवाइ चप्पल लगाएर सहर छिरेका कम्युनिस्टहरू कसरी हवाइजहाज किन्ने हैसियतमा पुगे ? जनताले बुझ्नुपर्ने र ध्यान दिनुपर्ने कुरा नै यही हाे ।