• सम्पादकीय

कोरोनाको हटस्पटका रूपमा वीरगंज, नेपालगन्जसहित काठमाडाैँलाइ पनि लिइएकाे छ । दैनिक देखिने काेराेना संक्रिमतकाे संख्यामा ६५ प्रतिशतभन्दा धेरै काठमाडाैँमा देखिने गरेकाे छ । तर काठमाडाैँ भने शान्त छ मानाैँ केही भएकाे छैन । यहाँका हाेटेल रेस्टुरेन्ट न्युनतम स्वास्थ्य मापदण्ड पनि नअपनाइकन चलिरहेका छन् । अधिकांश विधालयहरू परीक्षाकाे नाममा आंशिकरूपमा चलिरहेका छन् । बाटाघाटाभरी बेराेकटाेक मानिस हिँडिरहेका छन् । भ्याएसम्म कतिखेर मास्क खाेलुँ भन्ने हताराे सबैलाइ देखिन्छ । एक्लै हिँड्दा मास्क लगाउने तर काेहि भेट्याे कि मास्क खाेलेर कुरा गर्ने बानी छ यता राजधानीवासीकाे  ।

सरकार स्वयम् २५ जनाभन्दा धेरै भीड गराउन पाइँदैन भनेर सुचना गर्छ अनि आफै सयाैँ मानिस बाेलाएर कार्यक्रम गरिरहेकाे छ । धरहरा उद्घाटनजस्ता बिबिध कामका नाममा  आत्मप्रशंसाका फुलबुट्टा भर्ने कार्यक्रम गरेर प्रम केपि ओलीले स्वयम् काेराेना प्राेटाेकल बाेरेकटाेक कुल्चिरहेका छन् ।ओलीले काेराेनालाइ कहिल्यै महत्व दिएका छैनन् । पछिल्ला एकवर्षमा ओलीले मुखले मात्र नभै कामले पनि दर्जनाैँपटक काेराेनालाइ चुनाैति दिएर तमासायूक्त कार्यक्रम गरेका छन् । प्रधानमन्त्री मात्र नभै अन्य दल तथा तिनका नेताहरूले पनि काेराेनालाइ चुनाैति दिएर तमासा गरिरहेकाे देखिन्छ । याे तमासा कति घातक हुन्छ त्यसकाे हेक्कासम्म भएकाे पाइँदैन ।

चिया पसलदेखि भट्टी पसलसम्म मानिसहरूकाे आवतजावत र बसाइमा महामारीकाे कुनै रंग देखिदैन । यतिखेर विद्यालयको परीक्षाका कारण काठमाडाैँका करिब ७५ हजार बालबालिका संक्रमणको जोखिममा रहेकाे छन्। काठमाडाैँमा रहेका अनगिन्ति विद्यालयहरूले ६, ७, ८, ९ र सेन्टअपकाे  परीक्षाका नाममा मात्र नभै भ्याएसम्म साना कक्षाका विद्यार्थीलाइ पनि परीक्षामा सामेल गराउन स्कूलमा बाेलाइरहेकाे छ ।  जसले विद्यार्थीहरूमा संक्रमणकाे दर बढ्नु मात्र नभै भयाबह हुने सम्भावना देखिन्छ ।

शैक्षिक सत्रकाे अन्त्य भएकाले शुल्क उठाउनकै लागि पनि स्कूलले विद्यार्थीलाइ भाैतिकरूपमा विद्यालय बाेलाउने गरेकाे देखिन्छ । सरकारको निर्देशनलाई अटेर गरी काठमाडाैँकाे अधिकांश विद्यालयहरुले आजदेखि भौतिक रुपमा विद्यार्थी कक्षा कोठामा उपस्थित गराई परीक्षा लिइरहेका छन्  ।  सरकारले वैशाख ६ गते सूचना प्रकाशित गरी कोरोनाको उच्च जोखिममा काठमाडाैँ उपत्यकाका सबै शिक्षण संस्था वैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिएको थियो।

यता, जिल्ला प्रशासन कार्यालय पर्साले पनि वैशाख ७ गते सूचना निकालेर वीरगंज महानगरका विद्यालयहरु वैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिएको छ। तर वीरगंज महानगरपालिकाका विद्यालयहरुले शुल्क असुल्नका लागि बालबालिकाको स्वास्थ्यसँगै खेलवाड गरिरहेको अभिभावकहरुले गुनसो गरेका छन्।

काठमाडाैँमा गएकाे सातामा बालकहरूमा संक्रमणकाे दर थपिएको छ । यस्ताे अवस्थामा परीक्षा लिनु एकदम गलत कुरा भएको चिकित्सक, विज्ञ तथा अभिभावकले बताए पनि स्कूलले यसलाइ नदरअन्दाज गरेकाे देखिन्छ । कतिपय अभिभावक पनि काेराेनाप्रति सचेत नभएकाे पाइन्छ ।  कोरोनाले १०० काे हाराहारी बालबालिका मृत्यूकाे तथ्यांक एकातिर छ भने  दैनिक घर बाहिर निस्किने बालबालिकामा संक्रमण दर १० प्रतिशत रहेकाे छ ।