वियाेगी बुढाथाेकी नेपाली साहित्यमा सर्बाधिक सक्रिय स्रष्टामध्ये एक हुन् । लेखन, सम्पादनदेखि सम्मान र पुरस्कारसम्मका काममा वर्षैभरी उनी दाैडधुप गरिरहेका हुन्छन् । वियाेगीकाे याे क्रियाशिलताप्रति मूल्याङ्कन भएकाे चाहि देखिदैन । तथापि उनी स्वान्तः सुखाय भावमा आफ्ना कर्ममा दत्तचित्त रहन्छन् ।
वियाेगी बुढाथाेकीसँगकाे परिचयसँग अटुटरूपमा जाेडिएकाे छ शिवपुरी सन्देश पत्रिका । शिवपुरी सन्देशकाे अढाइ दशकभन्दा लामाे यात्रालाइ एउटा माहाैलमा परिणत गराउने गर्छ शिवपुरी साहित्य समाजले । अरूबेला खासै दृष्यमा नदेखिने याे समाज शिवपुरी सन्देशकाे वार्षिकाेत्सवमा भने धुमधडाकताका साथ सक्रिय देखिन्छ । शिवपुरी सन्देशकाे वार्षिकाेत्सव पारेर नयाँ सालमा समाजले गुन्द्रुक, भटमास, मकैका साथमा साहित्य उत्सव गर्ने गर्छ । जुन नेपाली साहित्यजगतमा  सबैलाइ रूचिकर तथा अनुसरणयाेग्य रहने गरेकाे छ ।
बैशाख ११ गते शनिवार शिवपुरी साहित्य समाजको वार्षिकोत्सवकाे अवसर थियाे । काेराेनाकालमा आयाेजना गरिएकाले खुल्ला ठाउँमा आयाेजना गरिएकाे एक विशिष्ट कार्यक्रममा गुन्दु्क, मकै-भटमास, कुखुराकाे मासुकाे स्वादका साथ कविता, गजल अनि मुक्तक । ४ दर्जन कवि साहित्यकार सहभागि कार्यक्रममा प्रमुख अतिथि साहित्यसेवी डा तुलीप्रसाद भट्टराइ ।
कार्यक्रममा सहभागि हुन टाेखाकाे रमणीय बाैडेश्वर मन्दिर तथा झरना स्थलमा पुगेका अन्य साहित्यकार तथा कलमजिवीहरू थिए
त्रिभुवनचन्द्र वाग्ले, प्रकाश घायल, विष्णुबहादुर सिंह, एच. के धिताल, रूपा रिसाल चालिसे, माधव विडारी, रेणु अधिकारी माैनता, जगदिश अधिकारी, इन्दिरा रेग्मी, पिडालु पन्डित, विनाेद नेपाल, शम्भुप्रसाद गजुरेल, मदनप्रसाद नेपाल, दीपक लाेहनी, माधव घिमिरे अटल, गाेर्खे साइँलाे, मीना लामिछाने, सुरेश बैधे, सुश्मिता श्रेष्ठ, भाेला दुलाल, डा. भीष्मकुमार भूसाल, गंगा आचार्य सेढाइ, विमला अधिकारी देवकाेटा, हरिओम अधिकारी, बद्री उप्रेती, रूद्र अधिकारी, रविन्द्र आशिष शैली, शिला अधिकारी, प्राेल्लास सिन्धुलीय, लक्ष्मी भट्टराइ परिधि, राजु स्याङ्तान्, राबत, गाेकुलप्रसाद धिताल, राजु बुढाथाेकी, लव खड्का, राजकुमार बानियाँ, किशाेर अधिकारी, राज अधिकारी, अष्टकुमार श्रेष्ठ, रामेश्वर के.सी, आँचलकुमार शर्मा, गणेश बाबु अधिकारी बाबू, राेम लम्साल, सारिका लुइँटेल, राजेन्द्रप्रसाद भट्रट हावा, जयबहादुर घिमिरे, जनार्दन घिमिरे, निशेष बुढाथाेकी, सन्ताेष लामिछाने, विजय थापा । कार्यक्रमलाइ समन्वय गर्न भूमिका निर्वाह गरेकाे स्थानीय तह टोखा नगरपालिका  वडा नं. १ का वडाअध्यक्ष श्रीकृष्ण अधिकारी ।
कार्यक्रममा २७ जनाले कविता, गजल, मुक्तक वाचनमात्र गरेनन्  वाचित रचनाकाे मूल्यांकन गरियाे  । वाचित रचनामध्ये उत्कृष्ट पाँच जनालाइ पुरस्कृत समेत गरियाे  । कार्यक्रमकाे अर्काे आकर्षण थियाे बिबिध सम्मानकाे । प्रमुख अतिथि डा. तुलसीप्रसाद भट्रटराइकाे हातबाट विष्णुपुष्पा साहित्यिक पत्रकारिता पुरस्कार तथा सम्मान, शिवपुरी गजल सम्मान र पुरस्कार तथा मानशाेभा प्रतिभा पुरस्कार तथा सम्मानबाट सम्मानित स्रष्टाहरू प्रकाश घायल (शिवपुरी गजल सम्मान २०७६) राबत (शिवपुरी गजल सम्मान २०७७) गाेर्खे साइँलाे, डा. भीष्मकुमार भूसाललाइ सम्मानपत्र बाँडियाे ।
सम्मानितहरू सबैलाइ वियाेगी बुढाथाेकीले रूद्राक्षकाे माला लगाइदिए भने लक्ष्मी भट्ट्राइले फूलकाे माला लगाइ दिइन् । कार्यक्रम समापन हुनुपूर्व प्रमुख अतिथि, वडा अध्यक्ष, एच. के धिताल र माधव विडारीलाइ मायाकाे चिनाे प्रदान गरिएकाे थियाे । यही कार्यक्रममा शिवपुरी सन्देशकाे ९१ औँ अंककाे लाेकार्पण पनि गरिएकाे थियाे ।