काेराेनाकाे संक्रमण डरलाग्दाे भएपछि काठमाडाैँमा २ दिनपछि निषेधाज्ञा शुरु हुँदैछ । यस्तै बेला पारेर  काठमाडौं महानगरपालिका वडा नम्बर-४ स्थित शंख पार्कमा खुल्ला शारीरिक व्यायाम गर्ने ठाउँको शुभारम्भ भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बाह्य शारीरिक व्यायाम गर्ने ठाउँको शुभारम्भ गरेका हुन् ।

व्यायामका लागि करिब ८ लाख रुपैयाँ बराबरका सामान तथा उपकरण राखिएका छन् । यसरी राखिएका उपकरणमा एब्डोमिनल फिटनेट कम्बाइनेसन, एअर वाकर, डबल सर्फोर्ड, सिंगल रोइङ् मेसिन, डबल स्लिट्स मेसिन, लेग एक्स्टेक्सन एन्ड फिटनेस राइडर, स्डान्डिङ् एन्ड सिटिङ् ट्वीस्टर, पुस अप एण्ड डिपस्टेसन र लेग लिफ्टरलगायत छन् । यी उपकरण हरेक उमेर र तौल भएका व्यक्तिले प्रयोग गर्न सक्ने गरी राखिएका छन् ।

प्रमुख शाक्यले यी उपकरणको प्रयोग गर्ने उपभोक्ताबाट आएको प्रतिक्रियाका आधारमा थप ठाउँमा विस्तार गर्ने योजना रहेको बताए । ‘हामी सार्वजनिक जग्गा संरक्षण गरेर पार्क बनाउने र पार्कलाई बहुउपयोगी बनाउने योजनाअनुसार काम गरिरहेका छौं,’ उनले भने ।अतिक्रमित सार्वजनिक जग्गालाई पहिचान गर्ने, अतिक्रमण हटाउने र सार्वजनिक उपयोगमा ल्याउने काममा धेरै प्रगति भएको उनले बताए ।(फाेटाे अनलाइनखबर)