काेराेना महामारीकाे भयवह अबस्थाले राजधानी काठमाडाैँलाइ डरलाग्दाेरूपले गाँजिसकेकाे छ । काठमाडाैँकाे हरेक कुना काेराेनाकाे महामारीबाट अछुताे छैन । तर बुढानिलकण्ठ नामकाे नगरपालिका भने मानाैँ काेराेना नै छैन झैँ बसेकाे छ । नगरपालिकामा गतवर्ष दुइवटा आइसाेलेसन केन्द्र बनाएकाेमा दुवै आइसाेलेसन केन्द्रलाइ अपडेट गरिएकाे छैन । अपडेट हैन एउटा आइसाेलन केन्द्र त गायब छ । बुढानिलकण्ठ २ बाँडेपाखेमा रहेकाे विएमसि स्कूलमा बनाइएकाे आइसाेलेसन केन्द्रकाे नामाेनिसान केही छैन ।

दैनिक ४ दर्जन हाराहारी बुढानिलकण्ठवासीमा काेराेना संक्रमण देखिँदा यस नगरपालिका यति निदाएकाे देखिन्छ कि उसले आफैले बनाएकाे आइसाेलेन केन्द्र कस्ताे छ ? के भयाे ? भन्ने हेक्कासम्म राख्न सकेकाे देखिएन । विएमसि स्कूलकाे यस आइसाेलेसन केन्द्रमा यतिखेर विएमसि स्कुलकै केही कक्षा काेठा छन् । जहाँ बेन्चहरू छन् । १० महिना अघि बनाइएका आइसाेलसन केन्द्रका कुनै पनि भाैतिक वस्तु यहाँ देख्न पाइन्न । आइसाेलेसन केन्द्र थियाे वा छ भनेर चिनिने केही पनि कुरा यहाँ देख्न पाइन्न् । यस भवनकेा पछाडि पुरानाे च्यात्तिएकाे एउटा फ्लेक्स बाेर्ड देखिन्छ आइसाेलेसन केन्द्र भनिएकाे ।

महामारीकाे डरलाग्दाे संकेत करीब एक महिना अघिदेखि देखिँदा बुढानिलकण्ठ नगरपालिका र नगरप्रमुखले सामान्य तयारी पनि गरेनन् भन्ने कुराकाे संकेत याे आइसाेलसन सेन्टरले देखाउँछ । एमालेकाे आन्तरिक राजनीतिभित्रकाे हिलाे छ्यापाछ्यापमा सामाजिक सन्जाल भरेर बसेका जनप्रतिनिधिले महामारीकाे  छनकसम्म पाएनन् । नेताहरूकाे दास बनेर आफ्नै पार्टी फलानाे यस्ताे र उस्ताे भनेर हिँड्नमा व्यस्त जनप्रतिनिधि जनस्वास्थ्यजस्ताे गहन विषयमा यति कमजाेर स्वरूप देखाउला भन्ने आशा कसैले गरेकाे थिएनन् ।

सहरका सबै हस्पिटलमा विरामीकाे चाप बढिसक्दा अब आइसाेलेसनमै विरामी बस्न पर्ने निश्चित भैसकेकाे अबस्थामा आइसाेलेसनलाइ अझै राम्राे बनाउनु त कहाँ हाे कहाँ भएकाे आइसाेलेसन कहाँ पुग्याे भन्नेसम्म हेक्कासम्म राखेनन् । बाँडेपाखाकाे याे आइसाेलेसन त छँदैछैन उता वडा नं १० डिठ्ठाचाैरकाे आइसाेलेसनमा चाँचु केही तयारी देखिदैन । बाँडेपाखेकाे अबस्था कस्ताे छ याे भिडियाे रिपाेर्टमा हेर्नुहाेस् । https://fb.watch/56wTbJRUVM/