वुढानिलकण्ठ नगरपालिका वडा नं १३ काैडाेलमा रहेकाे थानेडाँडा सामुदायिक वन क्षेत्रमा गरिएकाे वृक्षाराेपणलाइ मासेर जग्गा प्लटिङ भैरहेकाे छ । काैडाेल डाँडामा रहेकाे थानेडाँडा सामुदायिक वनलाइ प्रत्यक्ष असर हुने गरी डाेजर चलिरहँदा स्थानीय प्रशासन, नगरपालिका तथा वडाकार्यालय भने माैन देखिन्छ । स्थानीयवासीकाे बिराेधकाे वाबजुद प्लटिङ कार्य भैरहँदा वडा कार्यालय एवम् जनप्रतिनिधि भने माैन छन् । स्थानीयवासीले थानेडाँडा सामुदायिक वनमा निवेदन दिएका छन् । निवेदनमा साे प्लटिङले सामुदायकि वन क्षेत्र मात्र नभै स्थानियकाे घर टहरासमेत जाेखिममा परेकाे बताएका छन् । भरत खत्री, प्रकाश खत्री र दिनेश खत्रीले सामुदायिक वनका अध्यक्षलाइ लेखेकाे निवेदनमा २ वर्षअघि वृक्षाराेपण गरिएकाे रूख्लाइ नष्ट गरी बाटाे बनाएर प्लटिङ गरिएकाे बताइएकाे छ ।

थाने डाँडा सामुदायिक वनकाे पश्चिमतिरकाे भिरालाे  डाँडाे क्षेत्रमा रहेकाे जग्गा प्लटिङ गर्नेहरूले सामुदायिक वनलाइ बाटाे बनाएर डाेजर लगाइरहेका छन । सामुदायिक वनका अध्यक्ष रामकाजी खत्रीले निवेदन परेपछि आफूले जिल्ला वन कार्यालायलाइ खबर गरेकाे बताएका छन् । जिल्ला वन कार्यालयबाट भने अहिलेसम्म कुनै कारबाही भएकाे देखिएकाे छैन ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा बालुवा, प्लटिङ, वन फडाँनीजस्ता घटना भैरहन्छन् । यी सबै घटनामा यहाँका वडाध्यक्षकाे प्रत्यक्ष संलग्ना भएकाे कुरा सार्वजनिक हुन्छ तर न वडाध्यक्षले आफू संलग्न नरहेकाे स्पष्टिकरण दिन सकेका छन् न यस्ता गैरकानुनी काम राेक्न सकेका छन् । वडा नं १३ मा यस्ता गैरकानुनीरूपमा प्रकृति विनास, खाेला मास्ने, डाँडा भास्ने दर्जनाै काम भएका तथा भैरहेका छन् । यी सब काम वडाध्यक्षले चाहे भने राेक्न सक्छन् तर श्रीकृष्ण श्रेष्ठ नामका वडाध्यक्षले यी सबै कामलाइ नजरअन्दाज गर्नुकाे पछाडि केही न केही रहष्य रहेकाे स्थानीयवासी बताउँछन् ।

यसै वडाकाे च्यानेखाेलामा अबैधरूपमा बालुवा वासिङ गर्ने प्लान्ट स्थापित छ । यस प्लान्टले डाँडा क्षेत्र सखाप पारिसकेकाे छ भने भर्खर पिच भएका बाटाे पनि सखाप पारेकाे छ । याे अबैध बालुवा वासिङमा वडाध्यक्ष श्रेष्ठकाे प्रत्यक्ष लागनी रहेकाे आराेप लाग्ने गरेकाे छ । आराेप लागेझैँ वडाध्यक्ष श्रेष्ठ यस बालुवा वासिङकाे पृष्ठपाेषण गर्दै हिँडेकाे देखिन्छ । वडाध्यक्षले चाहे भने याे वालुवा वासिङ दुइदिन हटाउन सकिने स्थानीयवासीकाे दावी रहेकाे छ ।

वडाध्यक्षकाे यावत् नाकामीमा माैन वा अप्रत्यक्ष सहयाेग गरिरहेका छन् बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले । मेयर खरेललाइ वडाध्यक्षकै नाम किटेर दर्जनाैँपटक दर्जनाैँ मानिसले कुरा उठाउँदा पनि हरेक पटक निरीह माैन हुने गर्छन् । मेयर खरेलकेा याे माैनताले चुनिखेलकाे प्रकृति पूर्णतः विनाश भैसकेकाे छ ।