दुइतिहाइ बहुमत पचाउन नसकेर छिन्नभिन्न भएकाे सत्तारूढ कम्युनिस्ट पार्टीप्रति जनविश्वास कमजाेर भैसकेकाे छ । टुक्रा टुक्रा भएर एकले अर्कालाइ दाेषाराेपणमा व्यस्त सत्तारूढ पार्टी छाड्ने लहर चलिरहेकाे छ । देशका बिभिन्न ठाउँबाट एमाले छाडेर नेपाली काँग्रेस प्रवेश गर्नेहरू बढिरहेकाे बेला ओलीपक्षीय नेता महेश बस्नेतकाे चुनावी क्षेत्रका महत्वपूरण एमाले कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन्  । भक्तपुर  चागुनारायण नगरपालिकाको वडा नम्बर ८ को नेकपा एमाले का वडा सचीव भरत दुलालसहित  वडाका दर्जनौं कार्यकर्ता तथा यूवाहरु नेपाली कांग्रेस मा प्रबेश गरेका छन् ।

पार्टी सभापति दुर्लभ थापाले पार्टी प्रबेश गर्ने युवाहरुलाइ टीका लगाएर भित्र्याएका थिए । नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका दुलाले आफू काँग्रेसकाे राष्ट्रियता प्रजातन्त्र र समाजवादप्रतिकाे अविचलित धारणामा समाहित हुन पाएकाेमा खुशी व्यक्त गरेका थिए । उनले अरू युवाहरूलाइ पनि लाेकतन्त्रकाे पक्षमा लाग्न काँग्रेसमा आउन आव्हान गरेका थिए ।

चाँगुनारायणमा आयाेजित एक औपचारिक कार्यक्रममा  नेपाली कांग्रेस भक्तपुर पार्टी सभापति दुर्लभ थापा,पार्टी सचीव निसान ढुङेल, १ नम्बर क्षेत्रीय सभापति जीवन खत्री, नेपाली कांग्रेस बागमति प्रदेशका सम्सदिय दलका उपनेता  कृष्णलाल भडेललगायतका नेताहरूकाे उपस्थिति रहेकाे थियाे ।