• अज्ञात

आज ऊ निकै खुशी थियाे । धेरै पछि उसको आज प्राेमाेसन भएको थियो । हुन त उसको काम प्रतिको निष्ठालाई मुल्यांकण गर्ने हो भने धेरै पहिल्यै उसको प्राेमाेसन हुनु पर्थ्याे । खैर भ्रस्टहरुको बिगबिगी भएको ठाउमा पनि उसको आज प्राेमासन भएको छ । 

ऊ बाटैबाटो भएर हिडिरहेको थियाे ।  बाटोमा एक जना भर्खरैको युवक झुत्रो मैलो लुगामा माग्न बसिरहेको थियो । हुन त अरुबेला भएको भए उसले त्यस्ता काम गर्न सक्षम माग्नेहरुलाई फुटेको आँखाले पनि हेर्दैन थियो, पैसा दिने त कुरै भएन ।  तर आज उसको खुशीको कुनै सीमा थिएन । उसले आफ्नो वालेटबाट १,००० रुपैयाँ निकाल्यो अनि त्यो माग्नेलाई दियाे ।  माग्नेले त्यो १,००० रुपैयाँलाई ओल्टाई पल्टाई हेर्यो अनि फ्याक्दै उसलाई गाली गर्न थाल्यो, “पैसा छैन भने त नदिए पनि भई हाल्छ नि किन कागजको टुक्रा दिन्छौं…???”

माग्नेको कुरा सुनेर एक्कैछिन उ अक्कमक्कमा पर्याे । पछि माग्नेको हाउभाउ देखे पछि उसले बुझ्यो कि त्यो माग्ने मानिसले जिन्दगीमा कहिल्यै पनि १,००० रुपैयाँको नाेट देखेकै थिएन ।  उसले आफ्नो १,००० रुपैयाँको नाेट टिप्यो अनि माग्नेलाई वालेटमा भएको ५–५ रुपैयाँको ५ वटा नाेट दिंदै आफ्नो गन्तब्यतिर लाग्याे ।

उता माग्ने मान्छे पनि ५–५ रुपैयाँको नाेट पाएकोमा निकै खुशी थियो किनकी आज पहिलो चोटी उसलाई एउटै मानिसले एकै पटक ५–५ रुपैयाँको ५ वटा नाेट दिएको थियाे ।(नीतिकथाबाट)