बुढानिलकण्ठ नगरपालिकाले काेराेनाकाे समस्या डरलाग्दाे तरिकाले बढिरहँदा कुनै तयारी नगरेकाेप्रति नेपाली काँग्रेसले गम्भीर आपत्ति जनाएकाे छ । काेराेनाले सिंगाे देशसहित काठमाडाैँलाइ पुरै गाँजेकाे भन्दै यस्ताे अबस्थामा नगरपालिका  चुपचापजस्ताे दिएएकाे प्रति काँग्रेसले आक्राेश व्यक्त गर्याे । काठमाडाैँ क्षेत्र नं ४ का सभापति राजु श्रेष्ठकाे नेतृत्वमा बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेललाइ भेट्न पुगेकाे नेका टाेलीले आइसाेलेसन सेन्टरसमेत दुरूस्त अबस्थामा नराखी के गरेर बसिरहेकाे छ ? भनेर प्रश्न गरेकाे थियाे । नेपाली काँग्रेसले काेराेना खाेप सेन्टर बनाउन, आइसाेलसन सेन्टरलाइ अक्सिजनसहितकाे व्यवस्थित बनाउन तथा नगरपालिकाले व्यवस्थित स्वयम्सेवक टिम बनाएर अगाड बढ्न सुझाव दिएकाे थियाे ।

प्रदेशसभा सांसद न्हुच्छेनारायण श्रेष्ठसहित क्षेत्रीयस्तरका अगुवा नेताहरू प्रश्नसहित सुझाव लिएर नगरपालिकामा पुग्दा मेयर खरेलले  नगरपालिकाका  कर्मचारीले काम नगरेकाे जानकारी गराएका थिए । काम नगरेकाे प्रति नगरपालिका स्वास्थ्य शाखाका प्रमुख कुमार दाहालितर मेयर लक्षित थिए । खरेलले आफूले धेरै थाेक गर्न चाहेकाे तर बिभिन्न अबस्थाले काम गर्न नसकेकाे गुनासाे व्यक्त गरे । मेयरलाइ भेट्न गएकाे टाेलीमा सभापति राजु श्रेष्ठ, प्रदेश सांसद न्हुच्छेनारायण श्रेष्ठ, प्रदेश सांसद भीमसेन खत्री, नेका क्षेत्र नं ४ संगठन विभाग प्रमुख अच्युत पाैडेल, नेका क्षेत्रीय सहसचिव रिता बुढाथाेकी,  तरूण दल बुढानिलकण्ठ अध्यक्ष राजुविक्रम थापा, तरूण दल जिल्ला सदस्य मन श्रेष्ठ, इकाइ सभापतिहरू श्याम डाेटेल, जनक थापालगायतका थिए ।