काेराेना महामारीले पूर्णरूपमा सताइसक्दा पनि काठमाडाैँकाे बुढानिलकण्ठ नगरपालिकामा  आइसाेलेसन सेन्टर बन्न सकेकाे छैन । देशभरका स्थानीयतहले आइसाेलसन सेन्टर बनाएकाे सुबिधा थपेकाे भनेर छ्याप्छ्याप्ति समाचार आउँदा बुढानिलकण्ठ नगरपालिकामा भने भएकाे आइसाेलेसन सेन्टरसमेत बन्द गरिएकाे छ ।  अघिल्लाे वर्ष वडा नं २ मा बनेकाे आइसाेलेसन सेन्टर अहिले पूर्णतः बन्द भएकाे छ । विएमसी स्कूलमा रहेकाे साे आइसाेलेसन सेन्टरमा अहिले कक्षा काेठामा मात्र छ । साे आइसाेलेसन सेन्टरकाे सामानसमेत कता राखिएकाे छ पत्ताे छैन । त्यसैगरी वडा नं १० काे डिट्ठाचाैरमा पाेहर साल नै गगन थापा सांसद विकास काेषबाट बनेकाे नयाँ आइसाेलेसन सेन्टर अझै पनि सुरू भएकाे छैन ।  गगन थापा सांसद विकास काेषकाे रकमले बनेकाे भएर नगरपालिकाले चासाे नदिएकाे भनेर टिकाटिप्पणी भैरहँदा पनि उद्धव खरेल प्रमुख रहेकाे नगरपालिकाले यस आइसाेलसन सेन्टरलाइ शुरू गरेकाे छैन ।

पाेहर साल नै भवन बनेकाे डिट्ठाचाैरकाे आइसाेलेसन सेन्टरकाे पछाडि बुढानिलकण्ठ नगर अस्पताल बनिरहेकाे छ । बुढानिलकण्ठ नगर अस्पताल हामीले बनाएकाे वा हाम्रा नेताले बनाएकाे  भनेर पछिल्ला समय केही जनप्रतिनिधि फेशबुकमा स्टाटस र भिडियाे हाल्न सक्रिय देखिए पनि आइसाेलेसन सेन्टर तत्काल सुरू गर्नेबारे उनीहरू माैन नै देखिन्छन् । सहरका अस्पतालमा विरामी बढेर अबका विरामीलाइ आफैले वयवस्थापन गर्न पर्ने बेलामा स्थानीय तह नै तात्नु पर्नेमा काेराेना राेकथामकाे गतिबिधि भनेर माइकिङ गर्नुबाहेक बुढानिलकण्ठ नगरपालिकाले अरू केही गरेकाे छैन ।

नेकपाभन्ने पार्टी फुटेर टुक्रा टुक्रा भएपछि बुढानिलकण्ठका जनप्रतिनिधिहरू अझै आफ्नाे कित्ताकाटमै सक्रिय छन् । मेयरदेखि वडाध्यक्ष वडासदस्यहरू आफूहरू फलानाकाे वफादार सिपाही हुँ अनि फलानाहरू चाेर हुन् भन्ने शैलीमा सामाजिक सन्जाल रंगाइरहेका हुन्छन् । जनप्रतिनिधिकाे काम नै निश्चित नेताप्रति वफादारीता देखाउने भएकाे छ ।

केही दिन अघि काठमाडाैँ खबरमा बुढानिलकण्ठ नगर अस्पतालकाे अवधारणादेखि बजेट व्यवस्थापनसम्ममा सांसद गगन थापाकेा भूमिका बारेमा एक समाचार छापिएपछि यहाँका केही जनप्रतिनिधिकाे निदहरामझैँ भयाे । काेराेनाले समस्या पारिरहेकाे बेला आइसाेलेसन सेन्टर बनाउन वा काेराेनासँग जुध्न काम गर्न पर्नेमा केही जनप्रतिनिधि नगर अस्पताल गगन थापाले बनाएकाे हैन क्षेत्र नं ४ मा गगन थापासँग पराजित डा राजन भट्टराइले बनाएकाे हाे भनेर जुध्नमा व्यस्त रहे ।

बुढानिलकण्ठ नगरपालिकाकाे सबैभन्दा बढि आवादी भएकाे कपन, महाँकाल क्षेत्रबाट नजिक एवम् पायक पर्ने भएकाले डिठ्टा चाैरमा नगर अस्पताल एवम् आइसाेलेसन सेन्टर बनाउनु पर्छ भनेर सक्रिय रहेकाहरूलाइ किनारा लगाएर जनप्रतिनिधि नै  राजनीति गर्न सक्रिय भएकाेप्रति जनअसन्तुष्टि बढेकाे छ । जनप्रतिनिधि भनेकाे काेहि एक पार्टी वा व्यक्तिकाे पेवा नहुनु पर्नेमा केही जनप्रितिनिधि म, आफ्नाे पार्टी र राजन भट्टराइकाे नाममात्र जपिरहेकाे प्रति धेरैले टिप्पणी गरेका छन् ।

नगरपालिकाले यतिखेरसम्म दुवै आइसाेलन सेन्टर दुरूस्त बनाएर स्वास्थ्य सुविधा बढाउन खासगरी अक्सिजन र शय्याको व्यवस्था मिलाउन अस्पताल वा स्वास्थ्य केन्द्रहरूसँग सहकार्य गर्नु पर्नेमा केहि भएकै छैन झै बसिरहेकाे छ ।  विगतको पाठबाट बुढानिलकण्ठका जनप्रतिनिधिले  सिकेको देखिदैन । नत्र, महामारीको दोस्रो लहर फैलने लक्षण देखिनेबित्तिकै तिनले तयारी गर्ने थिए ।  संघीय सरकारजस्तो गैरजिम्मेवारपन बुढानिलकण्ठ नगरपालिकाले देखाएकाे छ । बुढानिलकण्ठ नगरपालिका तथा यहाँका जनप्रतिनिधिले जनताप्रति जिम्मेवारी बोध गरेर आजैबाट काेराेना महामारीसँग जुध्ने काम गराेस् भनेर केही दिन अघि नेपाली काँग्रेसकाे एक टाेलीले मेयर खरेललाइ भेटेकाे थियाे । तर त्यसपछिकाे एकसाता बितिसक्दा पनि नगरपालिका दृष्यमा देखिएकाे छैन ।