मन्त्रिपरिषद् बैठकले आन्तरिक हवाइ उडान रोक्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले केही अन्तर्राष्ट्यि उडान पनि रोक्ने निर्णय गरेको छ । बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर भारतको उडान केही समय रोक्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।

त्यस्तै भारत, ब्राजिल र दक्षिण अफ्रिकाको उडान पनि रोक्ने निर्णय गरेको अर्यालको भनाइ छ । “अरू देशमा पूर्ववत् अवस्थामा उडान हुनेछन् । ती उडानमा जनस्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ,” उनले भनिन् ।