काेराेनाग्रस्त भारतमा माेदीकाे जादु कमजाेर देखिएकाे छ ।  पश्चिम बंगालको चुनावमा माेदीकाे पार्टीले खासै राम्राे प्रदर्शन गर्न सकेन । बंगालमा फेरि एक पटक मुख्यमन्त्री तथा तृणमूल कांग्रेस (टीएमसी) प्रमुख ममता बनर्जीको जादु चलेको छ । पश्चिम बंगालमा विभिन्न आठ चरणमा विधानसभा चुनाव भएको थियो ।

आइतबार दिउँसो साढे चारबजेसम्मको मतगणनाअनुसार ममताको पार्टी तृणमूलले भारी बहुमतसहित लगातार तेस्रो पटक सरकार बनाउने देखिएको छ । पछिल्लो मतपरिणामअनुसार टीएमसीले २९४ (चुनाव भएको २९२) विधानसभा सिटमध्ये २१५ मा अग्रता लिएको छ । भारातीय जनता पार्टी भने ७६ सिटमा अगाडि छ । योसँगै ममता तेस्रो पटक मुख्यमन्त्री बन्ने सुनिश्चित देखिएको छ ।