नेपाली काँग्रेसका नेता गगन थापाले बुढानिलकण्ठ नगरपालिकालाइ काेराेना महामारीसँग जुध्न सक्रिय बनाउन प्रयास गरेका छन् । निष्क्रिय देखिएकाे बुढानिलकण्ठ नगरपालिका कार्यालयमा पुगेर थापाले आइसाेलेसन सेन्टर तत्काल प्रारम्भ गर्न चासाे एवम् सहकार्यकाे कुरा गरेका छन् । गतवर्ष गगन थापा सांसद काेषबाट स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत बनेकाे दुइवटा भवनमा तत्काल आइसाेलेसन सेन्टर प्रारम्भ गर्न उनले मेयर खरेललाइ आग्रह गरेका थिए ।

गतवर्ष नै गगन थापा सांसद काेषकाे रकमबाट नगरपालिकाकाे वडा नं १० डिठ्ठाचाैर तथा वडा नं १३ काे गाम्चामा दुइवटा भवन बनेकाे थियाे । तर नगरपालिकाले आइसाेलेसन सेन्टरलाइ बनेकाे यी भवनलाइ उपयाेग गरेकाे थिएन । गगन थापा सांसद काेषबाट बनेकाे कारण यी भवनकाे उपयाेग नगरिएकाे भनेर टिकाटिप्पणी हुँदा पनि नगरपालिकाले यी दुवै भवनलाइ सदुपयाेग गरेकाे थिएन । यी दुइ भवनमा चिकित्सिककाे नेतृत्वमा आवश्यक जनशक्तिसहित व्यवस्थित आइसाेलेसन सेन्टर बनाउन थापाले मेयर खरेलसँग छलफल गरेका थिए ।

नगरप्रमुख उद्धव खरेलसँग वार्ता गरिएकाे बारे थापाले आफ्नाे सामाजिक सन्जालमा फाेटाेसहित पाेस्ट गरेका छन् –

हिजो बुढानिलकण्ठ नगर प्रमुखसंगको छलफलमा गत वर्ष हामीले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकमबाट बुढानिलकण्ठ नगरपालिकामा स्वास्थ्य सेवा सञ्चालन गर्न निर्माण गरेको दुईवटा भवनमा चिकित्सकको नेतृत्वमा आवश्यक जनशक्ति सहितको व्यवस्थित Isolation सेन्टर तत्काल प्रारम्भ गर्ने निधो गरेका छौं।